अम्बिका अधिकारी, इलाम
१.
सोझा ठानेका
मान्छेमा दुःख दिन
कति जानेका ।
२.
जिउने चाह
अजम्बरी को छ र
व्यर्थको डाह ।
३.
जन भावना
योगा र कसरत
स्वास्थ्य साधना ।
५.
स्वप्ना असत्य
जाग हुदा विर्सने
कस्ता हुन् भ्रष्ट ।
६.
अन्धो कानुन
बेलैमा होस पुगोस्
भ्रष्ट मानुन ।
७.
बाच्न छ गाह्रो
पन्छाउ त महङ्गी
साधन घाडो ।
८.
अधिकारले
धेरै रोग फैलियो
परिकारले ।
९.
छुवाछूतले
जातीय भेदभाव
नेता फुटले ।
१०.
झोला बोकेर
विकास गर्नेलाई
हुन्न रोकेर ।
वि.सं.२०७९ असार २५ शनिवार ०९:१० मा प्रकाशित






























