back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ असार २५ शनिवार

1.5K 

shares

गोठालो काशिराम, ढकारि –१ रिमा,अछाम


यो कस्तो अनौठो व्यथा छातिमा, हुन्छ
न कुनै राहत मिल्छ न त बिमा, हुन्छ
बेला बेला दुख्छ दिल कुटुकुटु पारी
न यसको समय हुन्छ न सिमा, हुन्छ ।


बल बुद्धि चाहिन्छ कठोर मन, चाहिन्छ
दुःख पिडाहरु सहने शक्ति झन, चाहिन्छ,
यो प्रेम गरेर मात्र हजुर चल्दैन जिन्दगी
अलिकति गोजीमा पनि त धन, चाहिन्छ ।


मान्छेहरुका पनि अनेकौं चित्र, हुन्छन्
कोही आँखामा कोही दिलभित्र, हुन्छन्
यो जिन्दगीको सफरमा एक्लै हिड्नु पर्छ
न यहाँ आफन्त हुन्छन् न त मित्र, हुन्छन् ।


जब जब यो सम्बन्धमा दुरी, पर्छ
बाध्यताले जिउन मजबुरी, पर्छ
दिल लुटेर लिने मान्छेका बिरुद्ध
न कानुन लाग्छ न त उजुरी, पर्छ ।


रहर लागेसम्म मनमा आस, चलेसम्म
खडेरी परेसम्म, झरि बतास, चलेसम्म
जिन्दगीमा कति कति कठिनाई झेल्नुपर्ने
आखिर प्राण रहेसम्म यो साँस, चलेसम्म ।

 

 

वि.सं.२०७९ असार २५ शनिवार ०९:०६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...