back
CTIZAN AD

कविता : हुन त मान्छे एउटै हुन्छ

वि.सं.२०७९ असार २५ शनिवार

831 

shares

अर्जुन वेदना राई, इलाम

हुन त मान्छे एउटै हुन्छ,
तर खै कता छुन्छ छुन्छ ।
नसा, धमनी, शिरा हुँदै,
अनायासै कहिले परेली धुन्छ ।

कोलाहल, भीड, व्यस्तताहरु
समेटिएका अनि पोखिएका सपनाहरु ।
चर्कंदै जोडिएका,
जोडिएर टुक्रिएका,
अस्तव्यस्त हतारहरु ।

हतारभित्रका हतारहरुमा
आफू पनि हतारिएकै पात्र
मौनताभित्रका हुटहुटीहरुले
गाँजिएर दौडिरहँदा
अडिन्छन् यी आँखाहरु टक्क
आभाष पाउँदा तिनै नयनहरुको ।

उठाईसकेका हातहरुलाई
सम्हालेर एकपटक
आफैले आफैलाई प्रश्न गर्दा
पाउँछु आफूलाई बजारहरुमा,
हजारौं समस्याका जंजीरहरुमा,
हुन त मान्छे एउटै हुन्छ,
तर खै कता छुन्छ छुन्छ ।

हतारभित्रका हतारहरुमा
आफू पनि हतारिएकै पात्र
मौनताभित्रका हुटहुटीहरुले
गाँजिएर दौडिरहँदा
अडिन्छन् यी आँखाहरु टक्क
आभाष पाउँदा तिनै नयनहरुको ।

कहिले मधुरता कर्कश लाग्ने,
अनि फेरि दिक्दार प्रिय लाग्ने
शिशिरयाम न्यानोपन,
पहाडहरु समथर,
कहिले निस्सासिए जस्तो
कहिले बाफिए जस्तो,
किरण, बादल अनि झरी
हुटहुटी अनि भुटभुटी,
धर दिदैंनन् जीवन उत्तरार्धहरुले
सुकोमल स्पर्श,
आनन्दित, प्रफुल्लित
उडिरहन्छन् शान्त आकाशबीच
बादल पन्छाउँदै स्वतन्त्र
शीतल बतासहरुमा
घुम्टो उठाई लजालु मुस्कान
मौनताहरुबीचका युगल स्पर्शहरु
केवल बन्छन् घोत्लाईँहरु
पाउँछु जटिलता केन्द्रहरुमा,
लाखौं अप्ठ्यारा सञ्जालहरुमा,
हुन त मान्छे एउटै हुन्छ,
तर खै कता छुन्छ छुन्छ ।

न त पाउन सक्ने, न त भुल्न सक्ने,
अप्राप्य याद कस्तो कस्तो ।
अधिकार सारा गुमाईसक्दा पनि
स्मरण मात कस्तो कस्तो ।
आँखा बन्द त उसै शून्यता,
आँखा खोले शून्यता ।
शून्यताभित्रको प्यास
केवल मृगतृष्णा
करोडौं भीडभित्रको मान्छे
कोलाहलभित्रको एउटा आवाज
हुन त मान्छे एउटै हुन्छ
तर खै कता छुन्छ छुन्छ ।

वि.सं.२०७९ असार २५ शनिवार ०९:०० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...