back
CTIZAN AD

बुवाको पुण्य तिथिमा घिमिरे परिवारले आश्रममा रहेका ९६ जनालाई भोजन खुवायो

वि.सं.२०७९ साउन ३ मंगलवार

1K 

shares

बिराटनगर ३ पुष्पान्जलि चोक घर भै हाल अमेरिकाको न्यूयोर्कमा रहँदै आएका सोमनाथ घिमिरे तथा उनका परिवारका अन्य सदस्यहरुले स्वर्गीय बुबाको १३ औ पुण्य तिथीमा आश्रममा रहेकाहरुलाई खाना खुवाएका छन् । घिमिरेले स्व. बुवा कुबेर चन्द्र घिमिरे(बिद्यापति) १३औं दिनको पुण्य तिथिको सम्झनामा मानवसेवा आश्रम बिराटनगर शाखाको पोखरीया सेवा केन्द्रमा बसिरहेका ९६ जनालाई भोजन गराएका हुन् ।

प्रथम मासिक भोजन सेवामा घिमिरे परिवारवाट आमा डली घिमिरे, छोरा जीवन घिमिरे, बुहारी सिता घिमिरे, छोरा शोमनाथ घिमिरे, छोरीहरु बिना घिमिरे पन्त र सन्ध्या घिमिरे खत्री, ज्वाई गोपाल पन्त, भान्जी जानवि खत्री हरुले ९६ बृध्दा बुवाहरुलाई खानाको सेवा गराएका हुन् ।

गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरका अध्यक्षसमेत रहेका घिमीरेले स्व.बुवाको पुण्य तिथिको सम्झनामा सम्पुर्ण घिमिरे परिवारद्वारा मानवसेवा आश्रम बिराटनगर शाखाको निम्ति यस बर्षभरिको लागि मासिक भोजनसेवा १०० जना बृध्दा हरुलाई योगदान गर्ने प्रतिबद्धता गरिएको बताएका छन् ।

आश्रमले स्व. बुवा कुबेर चन्द्र घिमिरे(बिद्यापति)को आत्मा शान्ति एवं बैकुण्ठ बासको लागि ईश्वरसङ्ग प्राथना गर्दै मानविय सेवामा सहजीकरण गर्ने लायन्स क्लब अफ बिराटनगर-  बरगाछिका अध्यक्ष शुभाष रिजाल, मुख्य संयोजक रमेश खत्री, संयोजक ज्ञानेन्द्र खत्री र सम्पुर्ण घिमिरे परिवार प्रति धन्यवाद व्यक्त गरेको छ ।

साथै आश्रमले आश्रममा रहेका दुःखी गरिब र असहायहरुलाई सहयोग गर्न चाहनेहरुलाई आह्वान गरेको छ । सो आश्रमलाई सहयोग गर्नका लागि निम्न सम्पर्क नम्बरमा फोन तथा सम्पर्क गर्न सकिन्छ । सबैको लागि खाना, नाना र छाना, चाहना र सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा हाम्रो चाहना भन्ने प्रतिबद्दता सहित आश्रमले मानवीयताको राष्ट्र नेपालको सपना राखेको जनाएको छ ।

सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लागिस र मानवीय सेवामा साथ, प्रेरणा र सहकार्यको लागि –
सेवा र सहकार्यको लागी : ९८५५०७६०१५/९८४३३४७६३६/ ९८४३३४७६३१
९८५५०७६००१ देखि ९८५५०७६०१५ सम्मका सम्पर्क नम्बरहरु
९८४३३४७६००१ देखि ९८४३३४७६४९ सम्मका सम्पर्क नम्बरहरु

Bank Details of MANAVSEWA ASHRAM
Account Name: MANAVSEWA ASHRAM (All in capital letters)
Account Number: D101010000179
Swift Code: GLBBNPKA
Bank Name: Global IME Bank Ltd

 

वि.सं.२०७९ साउन ३ मंगलवार १५:४१ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...