back
CTIZAN AD

लक्ष्मण पन्तका आँखामा नेपालका छिमेकीहरु

वि.सं.२०७९ साउन ४ बुधवार

1.4K 

shares

भूमिगतकालमा अध्ययन र लेखनमा धसिएर लाग्ने हिजोका विद्रोहकालका नेताहरुले सत्तारोहण संगै अध्ययन र लेखनको काममा सामान्यतःअरुचि राखेको पाइन्छ । तर माओवादी केन्द्रका नेता लक्ष्मण पन्त यसका अपवाद हुन् । “नेपाल एन्ड नेबर्स ः मेमोरेबल इभेन्ट्स अफ द रिसेन्ट पास्ट” नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य बौद्धिक नेता लक्ष्मण पन्तद्वारा अङ्ग्रेजी भाषामा लेखिएको तेस्रो कृति हो । यस भन्दा पहिला लेखक पन्तका दुईवटा कृति – ‘आधुनिक नेपालको इतिहास १७४३–१९५५ र नेपालभारत र छिमेक नेपाली भाषामा लेखिएका प्रकाशित छन् । अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय राजनैतिक घटनाक्रमहरुका विषयमा गहिरो ज्ञान राख्ने लेखक पन्तले उक्त अंग्रेजी पुस्तकमा सार्कका सात मुलुकहरु र उत्तरी छिमेकी चीनमा बितेका दशकमा घटेका महत्वपूर्ण राजनैतिक घटनाहरुको विवरण र विश्लेषण पस्केका छन् । पुस्तकमा आठ अध्याय रहेका छन् । नेपाल, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, भुटान, मालदीप र चीन प्रत्येक मुलुकलाई पृथक पृथक च्याप्टरमा समावेश गरिएको छ । सार्कका सबैजसो मुलुकहरुको भारतसितको खराब सम्बन्ध र त्यसका कारणहरुमाथि पुस्तकमा सविस्तार प्रकाश पारिएको छ ।

नेपाल च्याप्टरमा राजा महेन्द्र र बिरेन्द्रले मुलुकलाई भारतीय ध्रुवबाट पृथक गरेर स्वतन्त्र र सार्वभौम मुलुकका रुपमा नेपाललाई खडा गर्न खेलेको भूमिकाको चर्चा गरिएको छ । ०४६ सालको लोकतान्त्रिक आन्दोलन, माओवादी जनयुद्ध, टनकपुरलगायत महाकाली सन्धि आदिबारेको विवरण यस अध्यायमा समेटिएको छ । कृष्णप्रसाद भट्टराईदेखि बाबुराम भट्टराईको पालासम्म आउदा पनि नेपाललाई हेर्ने भारतको दृष्टिकोण किन बदलिएन भन्ने बारेमा विस्तृत चर्चा नेपाल च्याप्टरमा गरिएको छ । बजार, सुरक्षा र जलस्रोत भारतको नेपालमा मुख्य चासोका रुपमा रहंदै आएको छ । यसका लागि भारत नेपालको सान्ताक्लाज भएको सन्देश प्रवाह गरिराख्न् भारतको नेपाल नीतिको मुख्य अंग हो । यस अतिरिक्त दरवार हत्याकाण्ड पछाडिका कारणहरुको विश्लेषणसमेत पुस्तकमा रहेको छ ।

पुस्तकको इन्डिया च्याप्टरमा नक्सलाइट आन्दोलन, गोर्खाल्याण्ड आन्दोलन, इन्दिरा गान्धीको हत्या, मोदीलहर आदि घटनाक्रमहरु समेटिएका छन् ।

पाकिस्तान च्याप्टरमा भारत पाकिस्तान सम्बन्ध र यसका पछाडि शत्रुता कारणहरुमाथि प्रकाशपारिएको छ ।भारत र पाकिस्तानबीच कश्मीरलाई लिएर भएको युद्धबारेमा पुस्तकमा चर्चा गरिएको छ । साथै जियाउलहक देखि परवेज मुसर्रफसम्मको सैन्य कू, बेनजिर भुट्टोको हत्या आदिबारे प्रकाश पारिएको छ ।

बंगलादेश कसरी निर्माण भयो त्यस्मा भारतको भूमिका कस्तो रह्यो र अब भारत बंगलादेश सम्बन्ध किन सुमधुर छैन भन्ने विश्लेषण बंगलादेश च्याप्टरमा गरिएको छ ।

एसियामा भारतको अन्तिममित्रहो भन्ने विषय र भुटानी शरणार्थीहरुको दुखद् कथा र भारतको भूमिकाका बारेमा भुटान च्याप्टरमा प्रकाश पारिएको छ ।

चीनमा देंग शियाओ पिङको उदय, तियानम्यान चोकको विद्यार्थी आन्दोलन लगायतका विषयवस्तुहरु चीन च्याप्टरमा समेटिएका छन् ।

पुस्तक दुई सय जति सन्दर्भ सामग्रीहरुमा आधारित छ । अन्तर्राष्टिय सम्बन्ध, राजनीति र समाज विज्ञानका विद्यार्थी, शिक्षक र आम पाठकहरुका लागिसमेत उपयोगी हुने सरल अंग्रेजी भाषामा लेखिएको पुस्तकमा ५३९ पृष्ठहरु छन् । पुस्तकको मूल्य ७९९ रहेको छ । मोबाइल नम्बर ९८६७७५४४११, ९८५११६३८७१, ९८०३०८७९४५ मा फोन सम्पर्क गरेर पुस्तक प्राप्त गर्न सकिन्छ । साथै थुप्रै डट कमको thuprai.com साइटमा गएर अनलाइन अर्डर गरेर पनि पुस्तक प्राप्त गर्न सकिन्छ । यसका अतिरिक्त न्यु रोड बुक स्टोर भुगोल पार्कमा राजेश गजुरेल ९८४१६२४६९६ बाट समेत उक्त पुस्तक प्राप्त गर्न सकिन्छ । उपरोक्तका अतिरिक्त नेपाली जनप्रगतिशील मञ्चको कुपण्डोल (ज्वागलचोक) हिमालय होटेल निकटबाट पनि पुस्तक प्राप्त गर्न सकिन्छ ।

वि.सं.२०७९ साउन ४ बुधवार १६:२२ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...