back
CTIZAN AD

राजदूत अर्यालद्वारा पदभार ग्रहण, सेवाग्राहीको सर्वोपरी हितमा केन्द्रित रहेर सेवा प्रवाह गर्न निर्देशन

वि.सं.२०७९ साउन ६ शुक्रवार

675 

shares

ओमानका लागि नवनियुक्त नेपाली राजदूत डोरनाथ अर्यालले नेपाली राजदूतावास मस्कटमा पदभार ग्रहण गरेका छन् । राजदूत अर्याले २०७९ श्रावण ५ गते दूतावासमा आयोजित संक्षिप्त कार्यक्रमबीच पदभार ग्रहण गरी आफ्नो कार्य प्रारम्भ गरेका हुन् ।

उक्त संक्षिप्त कार्यक्रममा यस दूतावासका कूटनीतिक तथा स्थानीय कर्मचारीहरूले राजदूतलाई स्वागत गरेका थिए भने नियोग उपप्रमुख सोमेश थापाले दूतावासको कामकार्यवाही सम्बन्धी छोटकरीमा उल्लेख गरेका थिए । राजदूत अर्यालले सेवाग्राहीको सर्वोपरी हितमा केन्द्रित रहेर दूतावासको सेवाप्रवाहलाई आवश्यकता अनुरूप थप चुस्त बनाउन निर्देशन दिंदै आगामी दिनमा नेपाल-ओमानबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै उपलब्ध स्रोत र सम्भावनाहरूलाई नेपाल र नेपालीहरूको हितमा काम गर्ने बताए ।

 ओमानको परराष्ट्र मन्त्रालयका शिष्टाचार महाशाखाका कर्मचारी, मस्कटस्थित अन्य राजदूतहरू एवम् कूटनीतिक कर्मचारीहरू र नेपाली दूतावासका कर्मचारीहरू तथा नेपाली सोसल क्लब ओमानका अध्यक्ष लगायत अन्य सदस्यहरूले राजदूत रहित उनका परिवार श्रीमती स्वदेश अर्याल र छोरा नोबलश्री अर्याललाई मस्कट अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए ।

वि.सं.२०७९ साउन ६ शुक्रवार १८:२० मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...