सुरेशकुमार पान्डे, घोराही –१८, दाङ
त्रिसले केही बर्ष पहिले सरकारी जागिर फेला पार्यो त्यो बेला स–परिवार खुसि थिए । छरछिमेकी पनि खुसी थिए गाउँको होनहार युवाले आफ्नै देशमा काम पाउँनु भनेको चानचुने कुरा होइन् ।
त्रिस डिउटीबाट आएपछि आफ्नो रूममा केल्कुलेटर लिएर अलिवेर हिसाब गथ्र्यो ।
‘छोरा दिनभरी दफ्तरमा काम गरेर थाक्छौ होला । घरमा आएर पनि हिसाब गर्न बस्छौ ?’ आमाले स्नेहपूर्वक सोधिन् ।
‘होइन आमा त्यत्तीकै हिसाब गरेको ! भन्दै खिसिक्क मुस्कुरायो, छोराको मुस्कानले आमाको मन सान्त हुन्छनै ।’ त्रिसले आमालाई भन्यो ।
दिन बित्दै गए, किन हो कुन्नि त्रिसकी आमा साबित्री देवीलाई आफूमाथि गाउँलेको व्यवहार बदलिएको जस्तो लाग्यो । पहिले सधै आफ्नो घरमा आउने जाने गर्ने गाउँले आजभोल ीभने आउनै छाडेका थिए । त्रिस भएको वेला त झन त्यँहा कोइपनि आउँदैनथ्यो ।
आमालाई अव त्रिसको बिवाह गर्ने बिचार जाग्यो र केटीको खोजी गर्दै थिइन् । छिमेकमै राम्रो पढेलेखेकी शुन्दर कन्या थिईन् । उसका आमा बा पनि राजिनै थिए । अहिले धेरै महिना देखी उनीहरूको पनि साबित्री देवीका घरमा आवत जावत रोकिएको थियो ।’
के भएको होला कसैले पनि केही कुरा गर्दैन । छिमेकीमा पनि खासै राम्रो देखिएन सावित्रीलाई मनैमनमा कस्तो कस्तो भइरहेको थियो ।
एकदिन ठूला घरे टुप्लुक्कै आइपुगे । उन्लाई देखेर साबित्री देवी खुसि भइन् । सायद छोरीको बिहेको कुरा उनैले पो झिक्छिन् कि ! सावित्री मनैमर्न हर्षित भइन् छोरा पनि आज घरैमै थियो । तर, उनीसँग दुईजना पुलिसको बर्दिमा देखेर भने अलि अनुहार फिका भयो । सावित्री मुस्कुराउँदै स्वागत गरिन् !
‘त्रिस काँछ ?’ यो ठूलाघरेको चर्को स्वरले साबित्री झसङ्ग भइन् । आगनिमा कुर्चि राखेर छोरालाई उठाइन् । आफु बाहिर निक्लिंदा छोरा त्रिसको हातमा हत्कडी थियो !
‘के गर्यो मेरो छोराले, किन पक्रेको ?’ सावित्रीले सोधिन् ।
‘आमा त्रिसको रूम देखाउँनुस् हामिले तलासि लिनुछ !’ पुलिसले साबित्रीको कुराको जवाफ नदिएर आदेश गर्छ ! सावीत्री रूम देखाउँछिन् । त्यहाँ एउटा सुटकेशभरी धन भेट्टिन्छ !
‘आमा, हजूरको छोराले गरेको गल्ती ‘दस्तुर’ गाउँका सबैसँग रिस्वत लिएको छ ! सबै गाउँलेको तर्फबाट ठूला घरे ज्युले निवेदन दिनुभएको थियो ।’ पुलिसको कुराले सावित्रीलाई गहिरो झड्का लाग्छ ।
सावित्री चिच्याउँछिन् । गाउँका मानिस त जुट्छन तर एउटाले पनि बचावमा एक शब्द बोल्दैनन् ।
त्रिसलाई पुलिसले लिएर जान्छन् सावित्री टाढासम्म छोरालाई नियाली रहन्छिन् र थचक्कै बस्छिन् ।
मुर्छा परेकी साबित्रीलाई त्यही घाँस काट्न आउँनेले अर्को दिन मरेको अवस्थामा फेला पार्छन् ।
वि.सं.२०७९ साउन ७ शनिवार ०७:४० मा प्रकाशित






























