back
CTIZAN AD

ईयू डिजिटल प्रदर्शनीमा फिनल्याण्ड पहिलो स्थानमा

वि.सं.२०७९ साउन १३ शुक्रवार

678 

shares

हेलसिन्की । फिनल्यान्ड युरोपेली सङ्घ (ईयू) डिजिटल कार्यसम्पादन तुलनामा पहिलो स्थानमा रहेको फिनल्यान्ड सरकारले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

युरोपेली आयोगको वार्षिक डिजिटल इकोनोमी एन्ड सोसाइटी इन्डेक्स (डीईएसआई) तुलनामा अधिकतम स्कोर १०० छ, र फिनल्याण्डको स्कोर यस वर्ष ६९ दशमवल ६ छ । ईयूको औसत ५२ दशमलव तीन छ । फिनल्यान्डले डेनमार्क, नेदरल्यान्ड र स्वीडेनलाई पछि पारेको छ ।

डीईएसआईले २०१४ देखि ईयू सदस्य राष्ट्रहरूको डिजिटल कार्यसम्पादनको अनुगमन गरेको छ । फिनल्यान्डले २०१९ र २०२० मा पहिलो र २०२१ मा दोस्रो स्थानमा, धेरै वर्षदेखि सूचीको शीर्ष स्थानमा रहेको छ ।

फिनल्यान्डको निरन्तर सफलताले प्रमाणित गर्छ कि “डिजिटलाइजेसनको दिशामा काम प्रशासनिक सिमानामा प्रभावकारीरूपमा भइरहेको छ र सबैका लागि दिगो भविष्य सिर्जना गर्न प्रविधि र सूचनाको प्रयोग भइरहेको छ,” सरकारी प्रेस विज्ञप्तिमा भनिएको छ । (रासस\सिन्ह्वा)

वि.सं.२०७९ साउन १३ शुक्रवार ०८:०३ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...