back
CTIZAN AD

गणतन्त्र पनि पुष्पलालकै बाटोको परिणाम हो–दीनानाथ शर्मा

वि.सं.२०७९ साउन १५ आइतवार

1.2K 

shares

काठमाडौं । ‘दशवर्षे जनयुद्ध र १९ दिने दोश्रो जनआन्दोलनबाट प्राप्त गणतन्त्र पनि पुष्पलालकै बाटोको परिणाम भएको माओवादी नेता दीनानाथ शर्माले बताएका छन् ।

प्रधानशत्रु र गौण शत्रु छुट्याउने तथा मित्रको घेरा फराकिलो पार्ने पुष्पलालको परिपक्व सोँचलाई आफ्नो पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनले महत्वका साथ आत्मबोध गरेको स्मरण गर्दै नेपाली कांग्रेसका नेता गिरीजा प्रसाद कोइराला र एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल तथा विभिन्न राजनैतिक शक्ति र परिर्वतनकारी जनताको बलमा अध्यक्ष प्रचण्डको नेतृत्वबाट गणतन्त्र प्राप्त भएको उनले बताएका थिए ।

कम्यु्निष्टहरुका लागि गणतन्त्र सबै कुरो नभए पनि यहाँसम्मको प्राप्तिका लागि धेरै शक्तिहरुको एकता र सहकार्य भएको उनले बताएका थिए ।

दक्षिणपन्थी र प्रतिगामी शक्तिहरु विभिन्न बहानामा सल्बलाईरहेको सन्दर्भमा पुष्पलालको एकता र सहकार्यको नीति अहिले पनि सान्दर्भिक रहेकोले सबै पार्टी र नेताहरु गम्भीर हुनुपर्नेमा नेता शर्माले जोड दिएका थिए ।

पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईको सभापतित्वमा सम्पन्न सो कार्यकममा, नेकपा मालेका महासचिव सिपी मैनाली, एमाले उपाध्यक्ष युवराज ज्ञवाली, नेकपा (क्रान्तिकारी माओवादी)का सिपी गजुरेल, मानध्वज गुरुङ, किशन शर्मा, नारायणशर्मा लगायतका वक्ताहरुले बोलेका थिए ।

वि.सं.२०७९ साउन १५ आइतवार १३:२९ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...