back
CTIZAN AD

घटेर आयो पेट्रोलियम पदार्थको भाउ

वि.सं.२०७९ साउन १६ सोमवार

846 

shares

काठमाडौं । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्यसुची नेपाल आयल निगमलाई पठाएको छ । नयाँ मूल्यसूची अनुसार यस पटक पनि पेट्रोलियम पदार्थको मुल्य घटेर आएको हो ।

भारतीय  कर्पोरेसनले हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । सोमबार प्राप्त मूल्यसूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ ।

अघिल्लो पटक पनि पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । तर मूल्य घटेर आउँदासमेत यता आन्तरिक बजारमा मूल्य समायोजन नगरेको निगमले पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ १९ पैसा डिजेल मट्टितेलमा समान २१ रुपैयाँ ९२ पैसा घाटामा नै रहेको जनाएको थियो ।

तर, थप पछिल्लो पटक पेट्रोलमा नै प्रतिलिटर १६ रुपैयाँ ७६ पैसाले मूल्य घटेर आएपछि अहिलेकै मूल्यमा बिक्री गर्ने हो भने निगमको घाटा पूर्ति देखिएको छ । निगमका अनुसार यता डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासमा भने अझै निगमलाई घाटा लाग्ने देखिन्छ ।

हाल नेपालमा पेट्रोल प्रति लिटर १८१ रुपैया, डिजेल र मट्टीतेल प्रति लिटर १७२ रुपैयाँ, र खान पकाउने ग्यास प्रति सिलिन्डर १८०० रुपैयाँमा बिक्रि भईरहेको छ ।

वि.सं.२०७९ साउन १६ सोमवार १६:०८ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...