काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिने बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सौराहा चितवनमा २०७९ श्रावण १३-१५ मा सम्पन्न गरेको छ । कम्पनीले “अ बोनस ब्याक इयर ७९/८०” नाराका साथ सम्मेलन आयोजना गरेको हो ।
उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत् २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीका संचालक बिमल प्रसाद ढकालले पानसमा दीप प्रज्वलन गरी सम्मेलनको समुद्घाटन गर्दै कर्मचारीहरुले आम नागरिकहरुको आशा र विश्वास जितेर काम गर्न सुझाव दिएका थिए ।
त्यसैगरी, कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कर्मचारीहरुलाई गत आ.ब.को कार्यसम्पादनको लागि धन्यवाद र चालु आ.ब. को व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरेका थिए ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गएको आर्थिक वर्षको व्यपार समिक्षा गर्दै चालु आर्थिक वर्ष २०७९/८० मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए । कम्पनीका अनुसार हाल कार्यरत जोन प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु लगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आ-आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । कम्पनीका अनुसार सम्मेलनमा मोटिभेसनल स्पीकरद्वाराक्षमता अभिबृद्धि एवं सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षण समेत गराइएको थियो ।

सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरुबाट सवै सहभागीहरुलाई प्रमाण पत्र साथै आर्थिक वर्ष २०७८÷७९ मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरु र शाखा एवं उपशाखाहरुलाई विभिन्न २१ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ ।
वि.सं.२०७९ साउन १७ मंगलवार १४:३४ मा प्रकाशित






























