back
CTIZAN AD

ह्योल्मो सोसाइटी अफ अमेरिकाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७९ साउन २५ बुधवार

1.5K 

shares

अमेरिका । ह्योल्मो सोसाइटी अफ अमेरिकाले न्युयोर्कको उडसाइडस्थित ह्योल्मो सोसाइटीको कार्यालयमा रक्तदान कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।

न्यूयोर्कमा रहेका नेपाली समुदायलाई सामाजिक योगदान पु¥याउनुका साथै रगत अभावमा समस्यामा परेका व्यक्तिको जीवन बचाउन सहयोग पुगोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको संयोजक तथा सोसाइटीका उपाध्यक्ष एवं फिप्नाका रिजनल भाइस प्रेसिडेन्ट माया लामाले जानकारी दिएकी छन् ।

कार्यक्रममा ह्योल्मो सोसाइटीका अध्यक्ष ढुण्डुप लामा ह्योल्मो, उपाध्यक्ष लामा, कार्य समितिका अन्य पदाधिकारीहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरु सहित ५० जनाले रक्तदान गरेका थिए । सोसाइटीका अध्यक्ष ढुण्डुप लामा ह्योल्मोले कार्यक्रममा सहभागी रक्तदाताहरुलाई धन्यवाद दिंदै प्रशंसापत्र वितरण गरेका थिए ।

कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च न्यूयोर्क च्याप्टरका राज्य कमिटी कोषाध्यक्ष उमा तामाङ, फिप्नाका महिला भाइस प्रेसिडेन्ट छोन्जोम लामा, फिप्नाका सहकोषाध्यक्ष दिपक चौधरीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरु सहभागी भई कार्यक्रम सफल बनाउन योगदान गरेकोमा आयोजकले सहभागी सबैलाई धन्यवाद व्यक्त गरे ।

पछिल्लो समय विभिन्न समुदायका संस्थाहरुले मानवीय सेवालाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

उक्त रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन गरिएको बताइएको छ ।

वि.सं.२०७९ साउन २५ बुधवार १२:५३ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...