back
CTIZAN AD

बालकविता-लामखुट्टे

वि.सं.२०७९ साउन २८ शनिवार

975 

shares

रमेशचन्द्र घिमिरे, भोर्लेटार, लमजुङ

खुसुखसु मेरै जिउमा छुन किन पर्यो ?
यति साह्रै चक्चके तँ हुन किन पर्यो ?

मेरो पनि जिउ हो बाबै मलाई पनि दुख्छ
तँलाई मैले प्याट्ट पारे तेरो मिति पुग्छ
यसो भन्दै मैले त्यसो गर्दिनँ नि तर
मैले मात्रै सहनै पर्छ भन्ने कहाँ छ र ?

मेरै रगतले मुख धुन किन पर्यो ?
यति साह्रै अटेरी तँ हुन किन पर्यो ?

गालाबाट सर्दै–सर्दै गोडातिर झर्छस्
एकै ठाउँमा नबसेर हैरान मात्रै गर्छस्
सुत्न खोजूँ तैँले गर्दा निद्रा भाग्छ मेरो
ञदुःख नदिऊँझ भन्ने बुद्धि कैले आउँछ तेरो ?

कानमा आई किनिनिनी रुन किन पर्यो ?
यति साह्रै गन्गने तँ हुन किन पर्यो?

वि.सं.२०७९ साउन २८ शनिवार ०८:४३ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...