विवेक दुलाल क्षेत्री ’दमक’
दमक बजार ,झापा
हाल -अबुधाबी ,युएइ ।
उ अनुतरित प्रश्नहरुको उत्तर नभेटेर त्यतिकै बसेको थियो ।
‘तेरो बाबालाई खाना खान बोला, बिहान देखि घोत्लिएर बसेका छन्, के के न गरे जसरी !’ बशन्ताले छोरी उपशानालाइ भनिन्
‘बाबा खाना खान आउनु अरे है,माताजीले भन्नू भएको !’
छोरीको आवाज सितै उ पनि केही क्षणमा तल भान्सामा ओर्लियो ।
खाना त खायो उस्ले । तर एकदम मौन । चुपचाप ।
बशन्ताले भनिन् ‘हन के भएको छ ह तिमिहरुलाइ, खाना खादा एक शब्द पनि नबोली उठयौ !’
‘केही होइन’
उ बशन्तालाइ छोटो उतर दिएर पहिलेकै ठाउमा आएर बस्यो
र शोच्न थाल्यो –
‘प्रेम के हो ?
समर्पण या पैसा !
गृहस्थी नि ?
समाजको देखाशिखी कि आफ्नो निजि जिन्दगी !!’
अन्तमा,
प्रतिबाद स्वरुप उस्को मनले भन्यो–
‘अह प्रेम या गृहस्थीको बिचमा पैसा र देखासिखी बिल्कुलै आउनु हुन्न !’
वि.सं.२०७९ साउन २८ शनिवार ०८:४४ मा प्रकाशित






























