back
CTIZAN AD

लघुकथा : प्रतिबाद

वि.सं.२०७९ साउन २८ शनिवार

819 

shares

विवेक दुलाल क्षेत्री ’दमक’

दमक बजार ,झापा
हाल -अबुधाबी ,युएइ ।

उ अनुतरित प्रश्नहरुको उत्तर नभेटेर त्यतिकै बसेको थियो ।
‘तेरो बाबालाई खाना खान बोला, बिहान देखि घोत्लिएर बसेका छन्, के के न गरे जसरी !’ बशन्ताले छोरी उपशानालाइ भनिन्

‘बाबा खाना खान आउनु अरे है,माताजीले भन्नू भएको !’
छोरीको आवाज सितै उ पनि केही क्षणमा तल भान्सामा ओर्लियो ।

खाना त खायो उस्ले । तर एकदम मौन । चुपचाप ।

बशन्ताले भनिन् ‘हन के भएको छ ह तिमिहरुलाइ, खाना खादा एक शब्द पनि नबोली उठयौ !’

‘केही होइन’

उ बशन्तालाइ छोटो उतर दिएर पहिलेकै ठाउमा आएर बस्यो
र शोच्न थाल्यो –
‘प्रेम के हो ?
समर्पण या पैसा !
गृहस्थी नि ?
समाजको देखाशिखी कि आफ्नो निजि जिन्दगी !!’

अन्तमा,
प्रतिबाद स्वरुप उस्को मनले भन्यो–
‘अह प्रेम या गृहस्थीको बिचमा पैसा र देखासिखी बिल्कुलै आउनु हुन्न !’

वि.सं.२०७९ साउन २८ शनिवार ०८:४४ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...