back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७९ साउन २८ शनिवार

990 

shares

शिव अधिकारी, ‘इलामे जेठो’  इलाम

(१)
नजरभरी रोषै रोष छ, कहाँ हुन्छ उन्नति ?
गन्तब्यमा झोसै झोस छ,कहाँ हुन्छ उन्नति ?
मुलुकलाई समृद्धिमा, लान्छु भन्ने को नि,
आधा पागल आधा होश छ, कहाँ हुन्छ उन्नति ?

(२)
कर्तव्य मै अडिग रहौं,नचुकौं न बिन्ती ।
दुश्मनका सामु कहिल्यै, नझुकौं न बिन्ती !
आकाशतिर फर्की थुक्ता, ब्यर्थै आफ्नो मुहार,
अनाहकमै फोहोर बन्छ, नथुकौं न बिन्ती ।

(३)
आफू संयम भएपछि,पक्कै मिल्छ झगडा ।
सधैं शान्त रहेपछि, पक्कै मिल्छ झगडा ।
दम्पतीमा ठाक्क ठुक्क,हुन सक्छ तर,
पलङ्गमा गएपछि,पक्कै मिल्छ झगडा ।

(४)
रङ्गी चङ्गी सजाएर, आउँदैन दसा ।
एक अर्कामा दँजाएर,आउँदैन दसा ।
होसगरी बस अब, आइपुगेँ भन्दै,
बाजागाजा बजाएर,आउँदैन दसा।

(५)
म एउटा घरको भएँ, तिमी अर्कै घरकी भयौ ।
म एउटा थरको भएँ, तिमी अर्कै थरकी भयौ ।
तिम्रो मेरो एक दिनको, झ्याप्प लगन छोपाइले,
म तिम्रो भरको भएँ, तिमी मेरी भरकी भयौ ।

 

वि.सं.२०७९ साउन २८ शनिवार ०८:४६ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...