back
CTIZAN AD

छन्द कविता : उज्यालो छ यो

वि.सं.२०७९ साउन २८ शनिवार

909 

shares

दीनानाथ पोख्रेल,इलाम

आयो कोभिड काल यो फनफनी घुम्दो छ बाजै बनी ।
मान्छे विश्व डुलीडुली छिनछिनै ढाल्यो उडायो पनि ।।
लेख्ने हात छ कम्पमा सकस छन् सम्झी गुमेका जन ।
सोच्ने मार्ग थुनेर दर्द ननिका घोल्दो छ पीडा मन ।।०१।।

लेखौँ यी बहका विषाक्त दिलका जानोस् पछिले भनी ।
हेला गर्न हुँदैन कोभिड कडा आघात भर्ने गनी ।।
खोकी मौसमी यामको पथ लिँदै फैलन्छ चारैतिर ।
खानामा मन हुन्न गन्ध क्षमता घट्नेछ भर्दै पिर ।।०२।।

गल्छन् मांस र अस्थिपन्जर सबै बेकामझैँ बन्दछन् ।
जम्मै अङ्गअनङ्ग ताप छ कडा आशाहरू मन्द छन् ।।
छातीमा अति दर्द हुन्छ गहिरो सुख्खा छ खोकी अझ ।
फर्केला दिन आश हुन्न दिलमा भत्केर भित्री पथ ।।०३।।

राती नीद रहन्न सुत्न सजिलो लाग्दै नलाग्ने रति ।
पीडा यो जति पोख्छु भन्छ दिलले रोकिन्छ बोल्ने गति ।।
आशामात्र छ एक ईश्वर सँगै मिल्दैन बढ्ने गति ।
सङ्ला चेतविषे थिए जति निका जम्मै भएछन् खति ।।०४।।

यो बेलातक छैन ईश्वर भनी लिन्थ्यो हियो अन्धता ।
प्यारा शङ्कर पार्वती हित गरून् पारून् हियो स्वच्छता ।।
मान्छे भ्रष्ट छ प्रस्टता मनुजता देखिन्न राम्रो कहीँ ।
धोका अर्थ पिपासु भाव अति छन् काला अंधेरा जहीँ ।।०५।।

घुम्दा छन् अझ बार, वर्ष, महिना घुम्दैन मेरो मन ।
जान्ने उच्च महान् म योग्य गतिलो यै हो अबोधी पन ।।
आँखा पूर्ण खुलेन हेर्न दुनियाँ जम्मै अँधेरो भयो ।
भित्री नेत्र खुलोस् बुझोस् प्रभु दया छ्याङ्गै उज्यालो छ यो ।।०६।।

छन्द – शादूर्लविक्रीडित
गण- म स ज स त त गु
सङ्केत-SSS  IIS    ISI    IIS   SSI  SSI  S

 

वि.सं.२०७९ साउन २८ शनिवार ०८:४८ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...