तुलसी छेत्री, दुलियाजान, असम, भारत
बनिसकेको बाटोमा होइन
आफैँ बनाएको बाटोमा हिड्नु
छ, मलाई ।
जेठ–असारको प्रचण्ड तापमा
कहिले नथाकोस् भन्छु मेरा
पाइला,
अड्चन को के छ ऊ त बसन्त हो
आउँछ –जान्छ !
जस्तै–
कहालिलाग्दो रात पछि
सधैंभरि आँउने गर्छ प्रभात
उसै, प्रभातको किरण सङ्ग सङ्गै
तिमिले पनि हामीले पनि
उहीँ संघर्षले बनाएको
बाटोमा चाल्नुछ निस्वार्थ पाइलाहरु
यात्रु भएर अनन्त सम्म !!
वि.सं.२०७९ साउन २८ शनिवार ०९:०० मा प्रकाशित






























