back
CTIZAN AD

कविता : भाग्यमानी

वि.सं.२०७९ साउन २८ शनिवार

1.1K 

shares

मेनुका चापागाँई
पाख्रीबास, धनकुटा

मलाई पाउन तिमीले
न त सीताको राम नै बन्नु पर्यो
न त धनुषकाण नै उचाल्नु पर्यो
बली रहेको आगोमा नौनी पग्लिए झै
पग्लिदिए म
र त म भाग्यमानी !

मलाई पाउन तिमीले
न त मालतीको मधुकर नै बन्नु पर्यो
न त चिना मिलाउन ज्योतिष कहाँ नै धाउनु पर्यो
तिम्रो अबिरल बगेका इन्द्रावती झै
प्रेमका धाराहरु मा पग्लिएर
आफैले तिम्रा नामको हस्तरेखा कोरिदिए
र त म भाग्यमानी !

मलाई पाउन तिमीले
न त तिमी राधाको कृष्ण बन्नु पर्यो
न त म सोह्रसय गोपिनी भित्र नै थिए
तिम्रो पीडालाइ बसाइ सराइ ल्याउन
मेरो सहाराको सहिछाप लगाइ दिए
र त म भाग्यमानी !

मलाई पाउन तिमीले
न त मजनू नै बन्नु पर्यो
न त मेरा लागि कुनै कविता नै कोर्यौ
केवल मेरा लागि बाचिदियौ
तिम्रा लागि म लैला हुन नसके नि
र त म भाग्यमानी !

मलाई पाउन तिमिले
न त मदन बनेर ल्हासा नै जानु पर्यो
न त म तिम्री मुना बनेर तिमीलाई जित्न सके
अफसोच !
मैले त तिमीलाइ मेरो निस्चल प्रेममा
डुबुल्की मारेर स्वर्गको अनुभूति
दिलाउछु भन्ने कसम खाएकी थिए

तर
हाम्रो जोडिएको भाग्य छुटेपछी
टासिएका आत्माहरु चुटिएपछी
तिम्रा कर्मले मेरा भाग्य लुटिएपछी
जहाँ छोडेर गयौ त्यहीँ छु म अहिले सम्म
तिम्री चिहानमा छोडिएकी अभागी अर्धाङ्गीनीका
हातबाट
बिहानै पिच्छे मेरो देउता बनेर
फूल, दिप र धुपले पुजिने
तिमी पो अहिले साँच्चै भाग्यमानी

ए!मेरो सौभाग्य लिएर जाने भाग्यमानी मान्छे
मलाई छोडेको चिहान र तिमी बसेको स्वर्ग
सम्झन्छु अहिले कति टाढा होला है ?

 

वि.सं.२०७९ साउन २८ शनिवार ०९:०१ मा प्रकाशित

कविता : मान्छे बनोस् कामना

कविता : मान्छे बनोस् कामना

अलख निरन्जन लोहार टीकापुर कैलाली,हाल - भारत आगामा जल प्राण...

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका युवा निर्देशक सुमन दाहालले...

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...