back
CTIZAN AD

रोयल्टी नितरेपछि सुमार्गी नेतृत्वको ‘हेलो नेपाल’ को लाइसेन्स खारेज

वि.सं.२०७९ भदौ ७ मंगलवार

666 

shares

काठमाडौं। सरकारले व्यवसायी अजय सुमार्गीको कम्पनी ‘हेलो नेपाल’को टेलिकम लाइसेन्स खारेज गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध मन्त्रिपरिषद्मा पुगेको कम्पनीको लाइसेन्स सरकारले नै खारेज गरेको हो ।

कम्पनीले ५ वर्षयता दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने नवीकरण दस्तुर, रोयल्टी र फ्रिक्वेन्सीको रकम तिरेको छैन ।

जुन, रकम बढेर हाल १ अर्ब रुपैयाँभन्दा पनि धेरै पुगिसकेको प्राधिकरणको भनाइ छ । सुमार्गीले नेपाल स्याटेलाइट कम्पनीमार्फत हेलो नेपालको लाइसेन्स लिएका थिए । जुन, मन्त्रीपरिषद्को बैठकले नै खारेज गरेको हो ।

बक्यौता नतिरेपछि दूरसञ्चार प्राधिकरणले २०७६ सालमै कम्पनीको लाइसेन्स खारेज गरेको थियो ।

प्राधिकरणको निर्णयविरुद्ध कम्पनीले सरकारको ढोका ढकढक्याएपछि ५ वर्षमा बक्यौता रकम तिर्ने गरी लाइसेन्स खारेज हुनबाट जोगाएको थियो । तर, ५ वर्षको अवधिमा पनि कम्पनीले बक्यौता नतिरेपछि प्राधिकरणले गत वर्ष २०७८ साल मंसिरमा कम्पनीको लाइसेन्स पुनः खारेजी गरेको थियो । सो निर्णयविरुद्ध कम्पनीले दोस्रोपटक सरकारको ढोका ढकढक्याए पनि यसपटक सरकारले नै लाइसेन्स खारेज गरेको हो ।

कम्पनीले नेपालको आधारभूत दूरसञ्चार सेवा अन्तर्गत मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा सेवा दिने लाइसेन्स लिएको छ । यसका लागि कम्पनीले २०६४ सालमा प्राधिकरणबाट जीएसएम ९००/१८०० स्पेक्ट्रम प्रयोग गर्न अनुमति पाएको थियो । जुन, अनुमति मन्त्रिपरिषद्को बैठकले खारेज गरिदिएको हो ।

वि.सं.२०७९ भदौ ७ मंगलवार ०७:५७ मा प्रकाशित

सरकार–लघुवित्त पीडितबीच ५ बुँदे सहमति

सरकार–लघुवित्त पीडितबीच ५ बुँदे सहमति

काठमाडौँ । लघुवित्त पीडितहरूको समस्या समाधानका लागि सरकार र लघुवित्त...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न...

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मञ्जुश्री तलब बचत खाता’ सञ्चालन गरिरहेका...

सुनचाँदीको मूल्य वृद्धि,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य वृद्धि,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...