back
CTIZAN AD

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्ष बनिन् प्राची अग्रवाल

वि.सं.२०७९ भदौ ७ मंगलवार

705 

shares

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको नयाँ बोर्ड गठन भएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२२/२०२३ का लागि प्राची अग्रवालको अध्यक्षतामा नयाँ बोर्ड गठन गरेको हो । अग्रवाल मञ्चको पहिलो महिला अध्यक्ष हुन् ।

अध्यक्ष अग्रवाल कुनाल फर्निसिङसहित विभिन्न व्यवसायमा आबद्ध एक सफल व्यवसायी हुन् । उनले युनिभर्सिटी अफ स्ट्राथक्लाइड, ग्लासगोबाट फाइनान्स र मार्केटिङ एवं र संयुक्त अरब इमिरेट्सबाट इन्टेरियर डिजाइनिङमा स्नातकोत्तर गरेकी छिन् ।

सन् २०२१/२०२२ को अध्यक्ष अमुन थापा थिए । सस्तोडिलका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत समेत रहेका थापा मञ्चको गभर्निङ काउन्सिलमा सामेल भएका छन् ।

थापासँगै गभर्निङ काउन्सिलमा पूर्व अध्यक्षहरु रोहित गुप्ता र चाङ अग्रवाल छन् । मञ्चको नयाँ बोर्डमा अनुराग गोयल (लर्निङ चेयर), आशिष अग्रवाल (सहायक लर्निङ चेयर), मनिष श्रेष्ठ (सदस्य र संलग्नता चेयर), चिराग सरावागी (कम्यूनिकेसन चेयर), अंकुश अग्रवाल (फाइनान्स चेयर) र सुगम घिमिरे (स्टार्टअप चेयर) निर्वाचित भएका छन् ।

यस वर्ष स्टार्टअपहरूका लागि इन्क्युवेसन सेन्टर सुरु गरेर युवाहरूमा उद्यमशीलताको भावना जगाउन मञ्च केन्द्रित हुने नवनिर्वाचित अध्यक्ष प्राची अग्रवालले बताइन् । ‘सबैका लागि अनुकूल नीतिहरूको वकालत गरी नेपालको अर्थतन्त्रको विकास र निर्माणमा हामी लाग्नेछौं,’ उनले भनिन् ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २०१७ मा गठन भएको परिसंघको युवा संगठन हो । मञ्चको पहिलो अध्यक्ष विष्णु कुमार अग्रवाल थिए ।

वि.सं.२०७९ भदौ ७ मंगलवार ०८:०१ मा प्रकाशित

सरकार–लघुवित्त पीडितबीच ५ बुँदे सहमति

सरकार–लघुवित्त पीडितबीच ५ बुँदे सहमति

काठमाडौँ । लघुवित्त पीडितहरूको समस्या समाधानका लागि सरकार र लघुवित्त...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न...

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मञ्जुश्री तलब बचत खाता’ सञ्चालन गरिरहेका...

सुनचाँदीको मूल्य वृद्धि,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य वृद्धि,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...