back
CTIZAN AD

युरोपका लेखक/पत्रकारले सम्झिए प्रदिप गिरीलाई

वि.सं.२०७९ भदौ ८ बुधवार

768 

shares

इन्दिरा चाम्लिंग, ब्रसेल्स । नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको निधन भएसँगै नेपाली राजनीतिले एक बौद्धिक राजनीतिज्ञ गुमाएको छ ।

सामाजिक सञ्जालमा गिरिको निधनप्रति नेपाली कांग्रेसका नेता÷कार्यकर्ताले मात्र होइन राजनीतिमा रूचि नभएका सामाजिक क्षेत्रका व्यक्तित्वहरुले पनि श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

यसै सन्दर्भमा युरोपमा रहेका केही प्रगतिशील लेखक तथा पत्रकारहरुको आयोजनामा एक श्रदान्जली कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ युरोप शाखाको आयोजनामा गिरीको जिवनीलाई लिएर चर्चा गरिएको हो।

कार्यक्रममा बोल्दै पत्रकार तथा लेखक पंचम अधिकारीले गिरी राजनीतिज्ञ मात्र नभई एक लेखक, चिन्तक र एक दार्शनिक भएको बताए ।

गिरिले नारी, लेनिनको जीवनी, माक्र्सवाद, अर्थशास्त्रलगायत किताब लेखेका कारण उनि नेता नात्र नभई एक चिन्तक पनि रहेको बताए ।

गिरि सरल, मिलनसार, गान्धीका अनुयायी गिरी माक्र्सवादका ज्ञाता, कांग्रेस–कम्युनिस्टको साझा मार्गदर्शक, रामायण, महाभारत, वेद, पुराण, उपनिषद्, र श्रीमद्भागवत गीताको समेत राम्रो जानकार भएको उनको भनाई थियो ।

बेल्जियममा क्रियाशील वामपन्थी वुद्दिजिवी बोधराज पौडेलले गिरी नेपाली कांग्रेसको नेता र संसद भएपनि उनी नेपाली जनताद्धारा रुचाइएका एक साझा चिन्तक रहेको बताए ।

‘उहां राजनिती गर्नेहरुका निम्ती मार्गदर्शक बन्नुभयो । उहाँले उच्च नैतिकता, आदर्श, निष्ठा तथा राजनीति गर्नुभयो ।’ पौडेलले भने ।

त्यसैगरी जनजाती नेता तथा बुद्दिजिवी मनिस गुरुङले गिरीको जिवन शैली अनुसरण गर्न लायक भएको बताए । गिरीले जनजाती, दलित र उत्पीडित वर्गको लागि कलम चलाउदै उनीहरुको हकहितको लागि आवाज उठाएको उनको बुझाई थियो ।

एनआरएन बेल्जियमका कोषाध्यक्ष पुष्प नेपालले गिरी कांग्रेसको राजनीतिमा एउटा सक्षम र सरल व्यक्तित्व भएको बताए ।

नेपाल प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा स्तम्भकार दिल निशानी मगरले गिरी नेता मात्रै नभई लेखक र पत्रकार समेत रहेको बताए । उनले २०२८ सालमा बनारसबाट ‘अक्षर’ द्वैमासिक साहित्यक मासिक पत्रिका, २०३७\३८ सालतिर प्रकाशित ‘समता’ पत्रिका, अंकुर लगायतका पत्रिकामा स्व. गिरीको प्रत्यक्ष संलगनता रहेको बताए ।

No description available.

माओवादी नेता जित लामाले गिरी माक्र्सवाद लेनिनवादको व्याख्या–विश्लेषण गर्न सक्ने व्यक्ति भएकाले ईन्टरनेटको जमना नहुँदा गिरीको भाषण सुन्न आफू कैयौ समय पर्खिएको संमरण गरे ।

युरोपमा रहेका दर्जनौ लेखक पत्रकारहरुले जुममार्फत सोही कार्यक्रममा सहभागिता जनाएका थिए ।
लोहियाको सप्तक्रान्ति र रामायण तथा महाभारतका द्रौपदी आदि सजीव महिला पात्रलाई आदर्शका रूपमा उनको प्रस्तुतिलाई नेपाली प्रसङ्गमा अनवरत रूपमा राष्ट्रिय अन्तराष्ट्रिय मिडीयामा लेखिरहे गिरी एक युगमा एक पटक जन्मिने उनिहरुको भनाई थियो ।

कार्यक्रमका अध्यक्षता ग्रहण गरेका नेपाल पत्रकार महासंघ युरोप शाखाका कार्यबाहक अध्यक्ष केजिन राईले आफु संसदीय पत्रकारिता गर्दा गिरीलाई नजिकबाट चिनेको र उनले बोलेका सबै कुराहरु झलझली सम्झिएको बताए । ‘गिरी बोल्ने समयमा अचानक शान्त वातारवरण छाउथ्यो । उहा बेल्दा नेता हैन की कुनै दार्शनिक बोलेको अनुभुती हुन्थ्यो ।’ राईले स्मरण गरे ।

निमोनियाले र क्यान्सरका कारण पीडित बनेका गिरीको भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला शनिबार राति साढे ९ बजे ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । उनले आफ्नो उपचारमा सरकारको एक पैसा पनि खर्च लिएका थिएनन् ।

 

वि.सं.२०७९ भदौ ८ बुधवार १७:०८ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...