बाबुराम पौडेल
तिलोत्तमा २, रुपन्देही
१
पु¥याए हानी
एउटै परे
बोक्सी र धामी
२
तान्डव नृत्य
हेर्दामा लाग्यो
बडो विचित्र
३
नभन लाटो
देखिन कोही
ऊ भन्दा बाठो
४
उर्वर भूमि
मासेर बने
यी नेता धनी
५
सडेका पात्र
दुर्गन्ध हेर
फैल्यो सर्बत्र
६
दुर्गन्ध कति
सहि नसक्नु
भयो है अति
७
हान्नेहो चौका
बिचार गरे
यहि हो मौका
८
मंसिर चार
भ्रष्ट भगाउ
सिमाना पार
९
गर्दैछ बिन्ती
अन्तिम मौका
निर्लज्ज कति
१०
बुढा त भाग
युवा जिताउ
जनता जाग
वि.सं.२०७९ भदौ ११ शनिवार ०८:३४ मा प्रकाशित






























