back
CTIZAN AD

कसरी फुक्ला सिट बाँडफाँटको गाँठो ? गठबन्धनकाे निर्णायक बैठक आज

वि.सं.२०७९ भदौ १५ बुधवार

675 

shares

काठमाडौं । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका दलहरुले सिट बाँडफाँट टुंग्याउने तयारी गरेका छन् । दलहरुले कार्यदलले तय गरेको आधारअनुसार बाँडफाँट टुग्याउन लागेका हुन् । दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक बस्नेछ ।

कांग्रेसका एक नेताले बताएअनुसार गठबन्धनका शीर्ष नेताहरुको बैठक ५ बजेदेखि बस्नेछ । यसअघि दलहरुले आन्तरिक छलफल गरिरहेका छन् । बुधबार बिहान मात्रै कांग्रेसका शीर्ष नेताहरु सिट बाँडफाँटबारे आन्तरिक छलफलमा जुटेका थिए ।

प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० सिटमै तालमेल गरेर जाने निर्णय दलहरुले यसअघि नै गरिसकेका थिए । तर, तालमेलको निर्णय गरेपनि कुन दलको भागमा कति पर्ने भन्ने विषय पेचिलो बन्दै आएको छ ।

प्रतिनिधिसभाको १६५ सिटमध्ये कांग्रेस एक्लैले न्यूनतम १०० सिटमा दाबी गरेको छ भने माओवादी केन्द्रले ६० सिटमा दाबी गरेको छ । यता, अहिलेको गठबन्धनमा निर्णायक शक्ति देखिएको एकीकृत समाजवादीले पनि ४० सिटमा दाबी गरेको छ ।

स्थानीय चुनावमा चौथो दल बनेको जसपाले पनि ३५ सिट आफुले पाउनुपर्ने अडान राखेको छ ।

१६५ सिटका लागि दलहरुले प्रस्तुत गरेको दाबी सिट संख्या भने २३५ भन्दा बढी छ । यस्तोमा दलहरुबीच सहमति जुटाउन सकस देखिन्छ ।

माओवादी केन्द्रले २०७४ को प्रतिनिधि सभा निर्वाचन र अहिलेको स्थानीय चुनावलाई मापदण्ड बनाउनुपर्ने प्रस्ताव राखेको छ भने कांग्रेसले स्थानीय चुनावलाई मात्रै आधार बनाउन खोजेको छ । जसका कारण दलहरुबीच बाँडफाँटको विषय सकसपूर्णं बन्दै गएको छ ।

सिट बाँडफाँटमा कुरा नमिले एक्लाएक्लै लड्ने तयारी पनि दलहरुले आन्तरिक रुपमा गरेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुको पछिल्लो अभिव्यक्ति एक्लै लड्ने कोणबाट पनि आएको छ । तथापी, आजको बैठकबाट सकेसम्म सहमति गर्ने प्रयास दलहरुले गर्ने तयारी गरेका छन् ।

वि.सं.२०७९ भदौ १५ बुधवार १२:४२ मा प्रकाशित

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...