काठमाडौं । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ २०२३) को आयोजना सन्दर्भमा टिम क्वेष्टसँग भेन्यू पार्टनरको लागि सम्झौता भएको छ ।
निफको आयोजक संस्था नेपाल चलचित्र तथा संस्कृतिक प्रतिष्ठान र टिम क्वेटविच पाँच बर्षको लागि सम्झौता भएको हो ।
निफका अध्यक्ष केपी पाठक र टिम क्वेष्टका महाप्रवन्धक प्रशंसा पाण्डेद्धारा हस्ताक्षरित उक्त सम्भौता अनुसार अब निफमा छनौट भएका चलचित्रहरु हलमा प्रदर्शन हुनेछन् र हाल काठमाडौ उपत्यकाका क्युएफएक्स हलमा प्रदर्शन हुनेछन् ।
त्यस्तै भविष्यमा काठमाडौ बाहिर पनि विस्तार गर्न सकिने कुरा निफका अध्यक्ष केपी पाठकले जानकारी दिए । महोत्सवका दर्शकले पनि गुणस्तरिय रुपमा चलचित्र हेर्न पाउने कुरा पाठकले उल्लेख गरे ।
उक्त अवसर विगत ६ बर्षदेखि नियमितरुपमा आयोजना हुदै आएको निफ नेपालको एक स्तरिय अन्तराष्ट्रिय महोत्सव भएकोले यस सहकार्यले यसको उचाई अझै बढ्ने कुरा टिम क्वेष्टका संचालक भाष्कर ढुंगानाले बताएको विज्ञप्तिमा जनाइएको छ ।
‘विश्वका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा सहित विगत ६ बर्षदेखि नियमित रुपमा आयोजना भईरहेको निफमा राष्ट्रिय तथा अन्तराष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड चलचित्रको ७ वटा विधामा आवेदन दिइने सकिने छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र फिचर फिल्मको आवेदन भर्न पाइन्छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि शुल्क लाग्नेछ भने राष्ट्रिय प्रतिस्पर्धाको लागि निःशुल्क रुपमा आवेदन दिन पाउने कुरा जानकरी गराउँदछौ ।’
राष्ट्रिय र अन्तर्राष्ट्रियका सबै आवेदनहरु अनलाइन प्लेटफर्म www.filmfreeway.com/niff2023 मार्फत पुस १०, २०७९ (डिसेम्बर २५ २०२२) सम्मलाई आवेदन दिन सकिनेछ । साथै छैटौ निफ २०२३ आगामी चैत्र २ गतेदेखि ६ गतेसम्म ( २०२३ मार्च १६ देखि २० तारिखसम्म) काठमाडौमा हुने कुरा पनि जानकारी दिइएको छ ।
वि.सं.२०७९ भदौ १५ बुधवार १६:१९ मा प्रकाशित
























