back
CTIZAN AD

फनपार्कलाई बक्यौता कर तिर्न महानगरकाे २४ घण्टे अल्टिमेटम

वि.सं.२०७९ भदौ १५ बुधवार

771 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई तिर्न बाँकी रहेका सम्पूर्ण कर र राजश्व बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ । बुधबार पत्राचार गर्दै महानगरले फनपार्कलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र तिर्न बाँकी रहेका व्यवसाय कर, बहाल कर, विज्ञापन कर, मनोरञ्जन कर जरिवानासहित बुझाउन चेतावनी दिएको हो ।

तोकिएको समयभित्र नबुझाएमा फनपार्कमा शिलबन्दी गरी राजश्व सरकारी बाँकी सरह असुल उपर गरिने महानगरले लेखेको पत्रमा उल्लेख छ ।

‘फनपार्कले काठमाडौं महानगरपालिकालाई तिर्न/बुझाउन पर्ने (व्यवसाय कर, वहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) नबझाइ वषौंदेखि व्यवसाय सञ्चालन गरेकोमा यस अगाडि पटक पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकोले यस पत्र लेख्ने कार्य भएको छ,’ ‘महानगरको पत्रमा उल्लेख छ, ‘सो अनुसारको व्यवसाय कर वहाल कर सम्बन्धित् वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाका राजश्व विभाग बबरमहलमा गई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जारवानासमेत दाखिला गर्नहुन अनुरोध छ । तोकिएको समयभित्र नबुझाएमा त्यस फनपार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ।’

वि.सं.२०७९ भदौ १५ बुधवार १६:४७ मा प्रकाशित

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...