back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ भदौ १८ शनिवार

1.5K 

shares

लक्ष्मी स्मृति, बिराटनगर


हल्ला गर्छन् तिस दिनदेखि तिज आएको रे
बल्लबल्ल साथीसंगी सब भेट्न पाएको रे
ठूलो स्वरमा गाना, बजाना नृत्य उस्तै अस्लिल
बियरसँग मासुको सितन दर खाएको रे ।


कसैलाई रमाईलो त कसैलाइ पिलो बनेको छ
त्यति शुन्दर चाड, संस्कृति थिल्थिलो बनेको छ
तिस दिन अघि देखि दर खानेलाई त राम्रै होला
नहुनेलाई भने तिज खुब भड्किलो बनेको छ ।


नजरको ईशारा, बेग्लै छ हाउभाउ के बताको हो
देखाएर तिघ्रा, पड्काउँदै जिब्रो सफर कताको हो
हामी पनि बुझिदिए देखि पिरती गाँस्थ्यौँ रमाएर
आँखै अघिबाट काटेर बाटो किन पो सताको हो ?


भएको लाजै पचाएर तलतिर झर्न मिल्छ र
गाईबस्तु चरे जस्तै दश दिशा चर्न मिल्छ र
समाज,संस्कृति, मर्यादा सबैलाई चट्टै बिर्सेर
कथाले माग्यो भन्दैमा जे पनि गर्न मिल्छ र ?


केटाकेटी झैँ उदण्डपना जगाएर के पाईन्छ
गोहिको जस्तै आँशु घना बगाएर के पाईन्छ
डुब्दा सबै डुब्ने हो नसम्झे हुन्छ म ओभानो छु
अर्कालाई फगत लाञ्छना लगाएर के पाईन्छ ?

वि.सं.२०७९ भदौ १८ शनिवार ०८:४४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...