back
CTIZAN AD

जिपी कोईराला फाउन्डेशनद्वारा पत्रकारहरुलाई न्यूयोर्कमा स्वागत

वि.सं.२०७९ भदौ १८ शनिवार

699 

shares

जिपी कोईराला फाउन्डेशनले न्युयोर्कमा रहेको कार्यालयमा अमेरिकी सरकारको IVLP प्रोग्राममा पुगेका ८ जना पत्रकार स्वागत गरेको छ ।

न्युयोर्क उडसाईडस्थित कार्यालयमा एक विशेष छलफल कार्यक्रम एवं भेटघाट कार्यक्रममा जिपी कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेले अमेरिकी सरकारको IVLP प्रोग्राममा नेपालका विशेष पत्रकार ८ जना सबै प्रदेशवाट छनौट भएर २१ दिने Approaches to Identifying and Managing Disinformation कार्यक्रम Washington DC हुदै विभिन्न State को कार्यक्रम सकिएपछि फाउण्डेशन र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), केन्द्रीय बोर्ड अफ ट्रष्टीकी अध्यक्ष श्रीमती गिता खत्री र अनेसास केन्द्रीय सदस्य श्रीमती शकुन ज्ञवालीको संयुक्त आयोजनामा सो स्वागत एंव सम्मान कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले श्रीमती बिमला भण्डारी(नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष एंव गिरीजा प्रसाद कोईराला फाउन्डेशन(केन्द्रीय सदस्य लगायत विशेष अतिथीहरु क्रमशः प्रमिला देवकोटा पि.एच.डी.( नॅंया पत्रिकाकी सम्पादक र विदेश मामिला ब्यूरो प्रमुख), शिरोमणी ढुंगाना(नेपाल लाईभ ढुडेका सम्पादक), जिना कार्की(नेपाल टाईम्सकी सामग्री निर्माता र प्रस्तुतकर्ता), प्रेम प्रसाद लामीछाने(GAMA नेपालका निर्देशक), पृथ्वी मान श्रेष्ठ(द काठमाण्डू पोस्टका वरिष्ठ उपसम्पादक व्यापार ब्यूरो), बिमला तुम्खेवा(अध्यक्ष संचारिका समुह), दिर्घ राज उपाध्याय (पश्चिम ढुडेका प्रमुख सम्पादक), भ्रमणटोलीका सल्लाहकार द्वय डाक्टर कमल अधिकारी र सौभाग्य लाल श्रेष्ठ लाई खादामाला लगाई स्वागत गरिएकाे थियो ।  स्वागत कार्यक्रममा जिपी कोईराला फाउण्डेशन अमेरीकाका उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिती सदस्य द्वय ध्रुव कुवॅंर क्षेत्री र सुर्य सिमखडा को उपस्थिती रहेको थियो।

सो भेटघाट एवं छलफल कार्यक्रममा, जिपी कोईराला फाउण्डेशन आमन्त्रित केन्द्रीय सदस्य अम्बिर राज जोशी, समाजसेवीहरू क्रमशः बौद्धिक राम खत्री, वकिल बिमल सापकोटा, विरेन्द्र मानन्धर, श्याम कार्की,पासांग नोर्बु शेर्पा, किरण पौडेल लगायतको उपस्थित रहेको थियो।

सो अवसरमा फाउन्डेशन अमेरीका च्याप्टरका अध्यक्ष सोमनाथ घिमीरेले फाउन्डेशनका गतिविधि र आगामी कार्यक्रमवारे छलफल गर्दै हामी सबै एक भएर समाजसेवामा लाग्नु पर्ने धारणा राखे । उनले फाउन्डेशन अमेरिका च्याप्टरले गरेको कार्य र कृयाशीलता सारा विश्वले नियालीरहेको र आगामी दिनमा अझै ससक्त भएर लागीपर्ने बताए ।

यसै कार्यक्रममा नेपाली साहित्य समाज (अनेसास), केन्द्रीय बोर्ड अफ ट्रष्टीकी अध्यक्ष श्रीमती गिता खत्रीले श्रीमती बिमला भण्डारी(नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष एंव गिरीजा प्रसाद कोईराला फाउन्डेशन(केन्द्रीय सदस्यलाई अनेसासले प्रदान गरेको नवरत्न पुरस्कार र नगद दुई सय डल्लर हस्तान्तरण गरिन । साेही क्रममा श्रीमती बिमला भण्डारीले अनेसास केन्द्रीय सदस्य श्रीमती शकुन ज्ञवालीलाई रेडियो सफलता पोखराले सम्मान गरेको पुरस्कार नेपाल देखि यहा ल्याएर श्रीमती शकुन ज्ञवालीलाई हस्तान्तरण गरेकी थिइन्।

सम्मान कार्यक्रम लगत्तै विशेष अतिथिहरू र उपस्थित सबैले आ(आफ्नो अनुभव साट्दै परिचयको कार्यक्रम रहेको थियो।

यसैगरी फाउन्डेशनकी केन्द्रीय सदस्य एंव नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष श्रीमती बिमला भण्डारीले फाइन्डेशन अमेरिका च्याप्टरले गरेको कार्य र कृयाशीलता सारा विश्वले नियालीरहेको र एक गर्व गर्नलायक भएकोमा फाउन्डेशनको केन्द्रीय सदस्यको हैसीयतले आफु हर्षविभोर भएको कुरा प्रष्ट पारे । एक पत्रकार भएको नाताले आफुले यस भ्रमणवाट पत्रकारिता वारे सिकेका कुराहरु नेपालको पत्रकारिता क्षेत्रमा अवश्यै केही टेवा पुग्ने छ भन्ने आफुलाई लागेको छ उनले बताइन् ।

समाजसेवी वीरेन्द्र मानन्धरले आफुहरू फाउन्डेशनसँग हातेमालो गर्दै न्युयोर्क, अमेरीका र समग्र नेपाल र नेपालीको हकहितका खातिर जस्तोसुकै कदम चाल्नपनी तयार रहेको बताए ।
यसैगरी अर्का समाजसेवी श्री श्याम कार्कीले नेपालको शीर उच्च राख्न प्रवासमा रहेका नेपालीहरू लागीपरेको र आगामी दिनमा सबै नेपालीभाषीहरू एक भै नेपाललाई चिनाउन लागिपर्नेमा जोड दिए ।

यसैगरी संयुक्त राष्ट्रसंघमा कार्यरत समाजसेवी किरण पौडेलले आफुले आफ्नो व्यक्तिगत र संस्थागत क्षमताले भ्याएसम्म नेपाल र नेपालीजनको चौतर्फी हकहितमा डटेर लाग्ने विश्वास दिलाए।

फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामाले आफुले गिरीजावावुले भनेझैं सहमती, सहकार्य र एकताको वाटोहुँदै विश्वंभर छरिएर रहेका समस्त नेपालीजनको हकहितमा जीवन समर्पित गरेको र फाउण्डेशन अमेरीका च्याप्टरले “सेवा नै धर्म हो” को अभियानमा सामाजिक कार्यहरु गर्दै आएको वताए ।

अन्त्यमा कार्यक्रम सफल पारीदिनुहुने समस्त अतिथिगणलाई धन्यवाद टक्र्याउँदै फ़ाउन्डेशनका कार्यसमिती सदस्य द्वय ध्रुव कुवॅंर क्षेत्री र सुर्य सिमखडाले फाउन्डेशन अमेरीका च्याप्टरले कोरोना कहर लगायत विपदमा रहेका जोसुकैलाई निष्पक्ष सहयोग गर्दै आएको र आगामी दिनहरूमा अझ शसक्त ढंगले लागीपर्ने र नेपाललाई विश्वसामु चिनाउन सबैलाई एकताको मालामा ल्याउन फाउन्डेशनको अझ दर्विलो भुमीका रहने विश्वास दिलाइन् ।

वि.सं.२०७९ भदौ १८ शनिवार १३:१२ मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...