काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानीयको लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपिओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय स्थायी बासिन्दाहरुलाई ३२ लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो । जस मध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ (तत्कालिन ढोढेनी र फलेनी गा.वि.स.) का स्थानीय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता तथा लमजुङ्ग जिल्लाका स्थानीय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता शेयर निष्काशन गरिएको छ ।
यस निष्काशनमा छिटोमा असोज १४ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा असोज ३० गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सर्वसाधारण र आयोजना प्रभावित स्थानीयका लागि ८० करोड बराबरको ८० लाख बराबरको शेयर निष्काशनको लागि अनुमति पाएको छ ।
कम्पनीले लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ख हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।
वि.सं.२०७९ भदौ २३ बिहीवार ११:४९ मा प्रकाशित





























