back
CTIZAN AD

दशैंको लागि अग्रिम टिकट असोज १ देखि, भाडादर नबढ्ने

वि.सं.२०७९ भदौ २३ बिहीवार

795 

shares

काठमाडौं । यसपटकको दशैंका लागि अग्रिम टिकटको बुकिङ्ग असोज १ देखि शुरु हुने भएको छ । यातायात व्यवसायीहरुले साविककै भाडादरमा असोज १ गतेबाट दशैंको लागि अग्रिम टिकट काट्न सकिने जनाएका छन् ।

स्वचालित मूल्य प्रणालीअनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको छ । व्यवसायीहरुले देशको विभिन्न क्षेत्रबाट काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय तथा रोजगारीको लागि बसेकाहरुको लागि दशैँ मनाउन घर जान अग्रिम टिकट बुकिङ खुला गरिएको जनाएको छ ।

यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने भदौ १५ गते नै आफूहरूले यातायात व्यवस्था विभागका डीजी (महानिर्देशक), ट्राफिक प्रहरी प्रमुख लगायतका सरोकारवाला निकायहरूसँग बसेर अग्रिम टिकट बुकिङदेखि आवश्यक सुरक्षाको प्रबन्धसँगै सडक बाटोघाटोको मर्मतको सुझावसमेत दिएका थिए ।

व्यवसायीले एकैपटक काठमाडौं छोड्नेको भीड बढ्ने भएकोले विगत केही वर्षदेखि दशैँ अगाडि नै सार्वजनिक यातायातको टिकटको अग्रिम बुकिङ खुला गर्दै आएका छन् । पछिल्लो समयमा धेरै यातायात व्यवसायीहरुले आफ्नो बसको टिकट अनलाइन प्रणालीबाट काट्न सकिने व्यवस्था मिलाएका हुन्छन् ।

अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरूले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने बताएका छन् । अनलाइनबाटै बसको टिकट बुकिङ गर्नका लागि इसेवा, खल्ती र बस सेवा लगायतका प्लेटफर्महरु उपलब्ध रहेका छन् । टिकट बुकिङको शुल्क इसेवा, खल्ती, आईएमई पे लगायत प्रयोग गरी अनलाइनबाटै तिर्न सकिन्छ ।

तर, हवाई भाडा बढाउने तयारी

दशैंमा राजधानी लगायत अन्य ठाउँबाट हवाई उडानमार्फत् घर जानेहरुका लागि भने हवाई भाडा महँगो हुने देखिएको छ । पछिल्लो समय हवाई कम्पनीहरुले हवाई भाडाको न्यूनतम भाडा बढाएका छन् । दशैंसम्मको अग्रिम टिकटको ठुलो हिस्सा बुकिङ भैसकेको हवाई सेवा सञ्चालकहरुको भनाइ छ ।

दुर–दराज क्षेत्रमा हवाई मार्गमार्फत् जाने यात्रुहरुको लागि हवाई सञ्चालकहरुले गरेको भाडा वृद्धि र बुकिङ भैसकेको कुराले चिन्ता उत्पन्न गराएको छ । हवाई सञ्चालक कम्पनीहरुले आफ्नो भाडामा एकतर्फी रुपमा निर्णय गर्ने कारणले राज्यले सो विषयमा कुनै ध्यान दिएको छैन ।

वि.सं.२०७९ भदौ २३ बिहीवार ११:५५ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...