back
CTIZAN AD

छन्द कविता : हे विश्वकर्मा तिमी !

वि.सं.२०७९ असोज १ शनिवार

1.2K 

shares

कनकधारा स्वामी स्वदेशानन्द
गान्तोक सिक्किम, भारत

जम्मै शिल्प कला बड़ा भवनको निर्माण गर्ने तिमी,
गोड़ा हात र वस्त्र सम्म निजका मैला भए तापनि।
ढुङ्गा बालु इँटा गिटी सडकमा भारी ऊठाईकन,
हेलाँ मात्र सही रच्यौ भुवनको सौन्दर्य आजीवन।।०१।।

आफ्नो ख्याल विना समस्त जगको निर्माण गर्दा भयौ,
नाङ्गो देह छ भोक पेट जहिल्यै जुत्ता कहाँ लाउँथ्यौ।
सानो जाति र नीच मानिस भनी पायौ उपेक्षा पनि,
गर्मी शीत भुलेर वैभव जगत् उत्तुङ्ग पार्ने तिमी।०२।।

फोहोरी छ भनेर मानिसहरू पानी नखाने भए,
सानो जात भनेर हेलित भयौ ठूला नबोल्ने भए।
चातुर्वर्ण्य गुणानुरूप हरिले संसार सिर्जे पनि,
उच्चै जाति र उच्च कर्म यिनको देखिन्छ जैले पनि।।०३।।

जो फोहोर खसाउँछन् क्षितिजमा ठूला भनूँ के गरी,
पार्छन् साफ विना घृणा वसुमती साना भनूँ के गरी।
धर्ती मात्र सधैं बडारिरहने खाए नखाए पनि,
सानो जाति भनेर पूजित हुने हौ विश्वकर्मा तिमी!।।०४।।

सानो जाति र कर्म हुन्न कहिल्यै सत्कर्म नै धर्म हो,
सेवा कर्म परोपकार गरिए सौभाग्यशाली भयो।
ती अग्ला घरमा बसी सड़कमा फोहोर फाल्ने जति,
जम्मै व्यक्तिहरू महा अधम हुन् चाण्डालका सन्तति।।०५।।

सारा कौशल सीप कार्य र कला हुन् विश्वकर्मा कृति,
सिर्ज्यो यी श्रमकार्यबाट जसले संसारको आकृति।
त्यस्ताको हितमा समर्पित हुँदै बोकेर यो लेखनी,
अर्पें यो पढ विश्वकर्म भगवन् हे विश्वकर्मा तिमी!।।०६।।

छन्द : शार्दूलविक्रीडित

वि.सं.२०७९ असोज १ शनिवार ०८:०५ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...