back
CTIZAN AD

कविता : एकाध तथ्य

वि.सं.२०७९ असोज १ शनिवार

909 

shares

निम्ब तरु, अर्घाखाँची

कोदो चौपाजे लगाएजस्तो लगाइएछ साइनो
फर्काउनेबेला पाथी आउला भन्ठानेको मानो आयो

मान्छे नै रुखो
उस्को भावनाको उपज नै बीउ पनि नर्फकिने खाले छ
आक्रमक थियो शुरुआतको चरणमा

हुन त मेरो क्रोध
भैंसीको जस्तो हो सिङले एकनास किला हानिरहने

हुर्लुक्क आइपुग्छ मुखमा
फेरि पाउर लगाएर निल्नुपर्छ
सम्झनाको घोचेरोमा नचबाइएका थुप्रो सपना

फुटपाथमा अरुले अरु बेच्छन्
मैले आफ्नो हात बेच्न खोजेको छु
तिम्रो पिरती अग्रिम बुकिङ भएको रहेछ
मेरो भाउ छैन ।

खुट्टामा झुन्डिएका छन सपनाका जूकाहरु
घोर जँगलमा थुत्दै फालेपनि साध्य छैन
रिक्तता भर्न झन बिरक्तता थपे झैं
तिमीसँग हिडिएछ

मेरो आफ्नै परिचय छैन्
गाउँसँग जोडिन्छ
म भन्दा प्रिय मृत ईश्वरहरु छन्
जस्तो जीवित छँदा क्राइष्टलाई क्रसमा टाँगिए
आज प्रिय छन

काँडा भएपनि मोहक छ गुलाफ
म त्यसो भइनँ
हुँदाहुँदा अब त बिर्सने कोशिसमा छन्
हिजोका बैंसका बासनाहरु !

वि.सं.२०७९ असोज १ शनिवार ०८:०६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...