Logo
१५ आश्विन २०७९, शनिबार
     Sat Oct 1 2022
E-paper
  English Edition
   Unicode
Logo

केन्द्रमा पुगेको ३९ हजार पाउण्ड फर्काउन एनआरएनए युकेका अध्यक्ष गाहामगरले चाले यस्तो कदम



ओम प्रसाद थापा काउचा, बेलायत । कोरियामा रहेका बिनोद कुँवर नेतृत्व र अध्यक्षत्रय कुल आचार्य, डा. बद्री केसी र थापाको नेतृत्वमा दुईतर्फी विभाजित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) झन–झन विवादमा फस्दै गएको छ ।

यतिबेला अन्य देशमा भन्दा बेलायतमा एनआरएनए युके चरम विवादमा फसिरहेको छ । कुल आचार्य नेतृत्वको एनआरएनएले एनआरएनए एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहामगरलाई पदमुक्त गरिएको भन्दै पत्र पठाएपछि झनै विवादले उग्ररुप लिएको छ ।

युकेमा च्यारिटी संस्थाको रुपमा दर्ता भएको एनआरएन युकेको पैसा ३९ हजार पाउण्ड अध्यक्ष गाहा मगर लगायत धेरैको असहमतिका बाबजुद पनि उपाध्यक्ष नारायाण कँडेलले केही पदाधिकारीहरुको हस्ताक्षर गराएर केन्द्रमा पठाएको र उक्त रकम पुनः संस्थाकै खातामा ल्याउन कानुनी प्रक्रियाका लागि सल्लाहकार डेभिड गुरुङको नेतृत्वमा ‘क्राउड फण्ड’ संकलन समित समेत गठन गरिएको अध्यक्ष गाहा मगरले जानकारी दिएका छन् ।

आईसीसीबाट पदमुक्त गरिएको पत्र प्राप्त भएपछि अध्यक्ष गाहामगरले आपतकालिन रुपमा बेलायतका संघसंस्थाका प्रमुख तथा प्रतिनिधि तथा पन्जिकृत सदस्यको  सेप्टेम्बर १५ मा  आब्हान गरेको अनलाइन परामर्श बैठकमा झण्डै १३७ जनाको प्रत्यक्ष उपस्थिति रहेको थियो । उक्त भेलामा केन्द्रको विवाद, युकेका अध्यक्ष प्रेम गाहामगरमाथि केन्द्रले गरेको विभेदका विषयमा व्यापक छलफल भएको थियो ।

एनआरएन युकेले अन्तर्राष्ट्रिय समन्वय परिषद आफै अवैद्यानिक रहेको तथा दुई खेमामा विभाजित भएको एनआरएनमध्ये कुल आचार्य अध्यक्ष भनिएको समुहले बैधानिकता पाउने सम्भावना कम रहेको तथा बैधानिक नभईसकेका पदाधिकारीहरुको उक्साहटमा एनआरएन युके च्यारिटीको पैसा हराएको बताइएको छ । सोहि भेलाले अध्यक्ष गाहामगरलाई आईसिसिको कार्यक्षेत्र बाहिर रहेको भन्दै पदमुक्तको पत्रलाईलाई भेलाले अबैधानिक भएको घोषणा गर्दै एनआरएन युकेको अध्यक्ष गाहामगर नै भएको घोषणा गर्यो ।

मगरले भने–आर्चायले म बर्बाद हुन्छ उक्त रकम केन्द्रमा नपठाउ भने
युकेका अध्यक्ष प्रेम गाहा मगरले केन्द्रका अध्यक्ष (तत्कालीन उपाध्यक्ष) कुल आचार्यकै पहलमा एनआरएन युकेबाट आइसीसीलाई दायित्व बापत पठाउनुपर्ने रकम आचार्यकै पहलमा मार्च महिनामा रोकिएको बताएका छन् । ‘उनले कुनै पनि हालतमा पैसा पठाउनु हुन्न । यो पैसा पठाइयो भने ‘म सिद्धिन्छु’ भनेपछि उक्त पैसा रोकियो । गाहा मगरले भेलामा आ–आफ्नो फेहरिस्त सुनाउँदै भनेका छन् ।

गाहा मगरले यसको विधि र विधान फरक रहेको र विधानमा कुनै पनि ठुलो रकम पैसा पठाउनुभन्दा पहिला २५ जनाको कोरम पु¥याउनुपर्ने र ट्रस्टीहरुको बैठक बसेर मात्र ठुलो रकमहरु विनियोजन गर्नुपर्ने बताएका छन् ।‘त्यो समयमा च्यारिटी कमिशनको विधान अनुसार प्रक्रिया पु¥याउनुपर्छ । साधारणसभा अगावै साधारणसभाबाट सबै पब्लिकलाई सोधेर पैसा पठाउँ भनेर मैले धेरैपटक अनुरोध गरे । उपाध्यक्ष नारायण कँडेलले १४ जनालाई हामीले पैसा नपठाए २४ गते राती एनआरएनए खारेजी हुन्छ भनेर भ्रम फैलाएर धेरैलाई हस्ताक्षर गर्न लगाए’ गाहा मगरले भनेका छन्, ‘२४ जुलाईको ११ औं बार्षिक साधारणसभा तथा संघसंस्थाप्रतिनिधि सभा तयारी गर्न बोलाइएको बैठकमा एजेन्डामा नराखिएको कुरा लिएर १७ जनामा बैठकको कोरम नै नपु¥याई १४ जनाले अध्यक्षको असहमति विना पैसा पठाउने निर्णय गरे ।’
उपाध्यक्ष नारायणदत्त कँडेलले अध्यक्षको स्वीकृत विना आफ्नो खुशीले एमओई लेखी २७ जुलाईमा एमओई आफुलाई नदेखाई हस्ताक्षर गरेको आरोप अध्यक्ष गाहामगरले लगाएका छन् ।

सोहि भेलामा अध्यक्ष गाहा मगरले आफु अध्यक्ष भएदेखि संस्थामा हालसम्म भएका गतिबिधिका बारेमा यसरी फेहरिस्त राखेका छन् ।

मगरले भनेका छन्, ‘‘गैरआवासीय संघ (एनआरएनए) युकेको नवौं महाधिवेशन ३१ जुलाई २०२१ मा सम्पन्न भएको यहाँहरु सबैमा जगजाहेर नै छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको १९ बर्षे इतिहासमा प्रेम गाहा मगरको नेतृत्वमा ७० प्रतिशत मत सहित प्यानलनै कार्यसमिति निर्वाचित भएको थियो । महाधिवेशनबाट निर्वाचित भएपछि ६ अगष्ट २०२१ मा हामी निर्वाचितहरुले सपथग्रहण गरेका थियौं । निर्वाचित भएपछि निर्वाचनताका प्रतिवद्धता गरिएको एजेन्डा अनुसार बेलायतका नेपाली जनताको हित बमोजिम बढिरहेको थियौं । सोही शिलशिलामा १९ अगष्ट २०२१ म ‘ग्लोबल हेथ कन्फे्रन्स’ सफलतापूर्वक सम्पन्न गरियो ।

१९ अगष्ट २०२१ म ‘च्यारिटी डिनर’ गरेर २८ हजार पाउण्ड रकम संकलन गरी संस्थालाई आर्थिक सवलीकरण गर्ने काम भयो । एनआरएनए युकेको स्थापनाकालदेखि आफ्नो कार्यालय समेत नभएको अवस्थामा १० अक्टोबर २०२१ मा कार्यालय समेत स्थापना गरियो । यसरी संस्थाको दिगो विकास र हितका निम्ती कार्यहरु निरन्तर रुपमा चलिरहेको छ ।

विभिन्न मुलुकहरुमा रहेका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनसीसी)हरुलाई एउटै मालामा जोड्ने र अभिभावकीय भुमिका निर्वाह गर्ने अन्तर्राष्ट्रिय समन्वयको प्रत्येक २ बर्षमा हुने १० दशौं अन्तर्राष्ट्रिय महाधिवेशन २०२१ को अक्टोवरमा हुनुपर्ने थियो । तर तत्कालीन अध्यक्ष कुमार पन्तले निर्धारित समयमा महाधिवेशन गर्न सकेनन् । त्यसै शिलशिलामा पन्तले दशौं महाधिवेशन गर्न नकेपछि एनआरएनए आइसीसीको ८२ औं बंैठकले तत्कालीन प्रमुख संरक्षक तथा दुई कार्यकाल सफल रुपमा अध्यक्ष चलाईसकेका डाक्टर शेष घलेलाई महाधिवेशन गर्न २०२२ को फेव्रअरीमा म्यान्डेड दिइयो । ६ मार्च २०२२ मा पनि संसारभरी रहेको ४३ वटा देशका राष्ट्रिय समन्वय समिति (एनसीसी) हरुले पनि शेष घलेलाई बैठकद्धारा महाधिवेशन गर्न म्यान्डेड दियो । त्यसैको फलस्वरुप प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष घलेले महाधिवेशनको प्रक्रिया अगाडी बढायो ।

२२ देखि २५ मार्च २०२२ मा नेपालको ‘याक एण्ड यति’ होटलमा महाधिवेशन गर्न निर्धारण गरे । निर्धारित समयमा नै महाधिवेशन प्रक्रिया अगाडी बढ्यो । सोही बेला सरकारका मन्त्रीहरुलाई निमन्त्रण गरियो । एनआरएनए बेलायतका पुर्व अध्यक्ष कुल आचार्यले २० महिनासम्म शेष घलेका पक्षमा उभिए । एनआरआरएन जन्मेका देश बेलायतबाट एनआरएनए आइसीसीको नेतृत्व गर्न कसैले पाएको थिएन । त्यसले बेलायतका बर्तमान अध्यक्ष प्रेम गाहा मगरले बेलायतबाट अध्यक्षका उम्मेदवारी दिएका कुल आचार्यलाई सहयोग गरेका थिए । तर विडम्बना उहाँकै पहलमा एनआरएन युकेबाट आइसीसीलाई दायित्व बापत पठाउनुपर्ने रकम आचार्यकै पहलमा मार्च महिनामा रोकिएको थियो । उनले कुनै पनि हालतमा पैसा पठाउनु हुन्न । यो पैसा पठाइयो भने ‘म सिद्धिन्छु’ भनेपछि उक्त पैसा रोकियो । जव निर्वाचनको समय तालिका निर्धारण भयो । कुल आचार्यले राष्ट्रपति, प्रधानमन्त्री, अन्र्थमन्त्री र पराराष्ट्रमन्त्रीलाई निम्तो पठाए ।

भोली २२ मार्चमा महाधिवेशन हुने २१ मार्चमा राती अर्को कुमार पन्त पक्षसंग जानुभयो । नेपाल सरकारबाट निमन्त्रणा गरिएका व्यक्तिहरुलाई पनि महाधिवेशनमा आउन रोक्नुभयो । जव रोक्दा रोक्दै पनि अर्थमन्त्री जर्नादन शर्मा प्रमुख अतिथिको रुपमा महाधिवेशनमा आउनुभयो । उहाँले निम्तो गर्नुहुने कुल आचार्य नै देखिन भनेर प्रमुख अतिथिले नै आश्चयर्ता प्रकट गर्नु भयो । कुल आचार्यलाई अध्यक्ष बनाउने एनसीसी युके लागि परेको थियो । अध्यक्ष गाहा मगरले आचार्यलाई अध्यक्ष बनाउन काँध थाप्नुभएको थियो । विडम्बना आचार्यले अर्को समुहको नेतृत्व गरेका कुमार पन्त संग सम्झौता गर्न पुगे । त्यसैको फलस्वरुप कुल आचार्यले विधान शंसोधन गर्न लागि परे । २० देखि २५ मार्च २०२२ मा भएको महाधिवेशन भब्य सम्पन्न भएर २६ तारिखमा पराराष्ट्र मन्त्रालयमा प्रतिवेदन बुझाइएका थिए । कुल आचार्य विधान संशोधनका निमित्त त्यही दिन पराराष्ट्रमा गए । पराराष्ट्रले विधान संशोधन गर्न नमान्दा नमान्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो आदेशमा त्यो विधान संशोधन भयो । २०२२ र २०२३ मा लागु हुने संशोधन भयो । विधान संशोधनमा ५१ जनाको कार्यसमिति हुनुपर्नेमा २ सय २३ जनाको समिति हुने बनाइयो । १ जना अध्यक्ष हुनुपर्ने ३ जना, ६ जना उपाध्यक्ष हुनुपर्नेमा १८ जना १ जना महासचिव हुनुपर्नेमा २ जना, ३ जना सचिव हुनुपर्नेमा २० जना, हुदै नभएको उपमहासचिव संख्या ६ जना, १ जना कोषाध्यक्ष हुनुपर्ने ३ जना र २ जना हुनुपर्नेमा १४ जना सहकोषाध्यक्ष बनाइयो । यसरी विधान मिच्ने कार्य भयो । उहाँहरु संसारमा नभएको तीनजना अध्यक्ष बन्नुभयो । १८ महिनाको दौरानमा ६ महिनाको दरले अध्यक्ष चलाउने सहमती गरे । अहिले कुल आचार्यको ६ महिने कार्यकाल १ अक्टोवर २०२२ मा सकिदैछ । बेलायतको एनआरएन अहिले ननरेसिडेट नेपलीज एशोसियन च्यारिटीमा रजिष्टर छ । यसको विधि र विधान फरक छ । विधानमा कुनै पनि ठुलो रकम पैसा पठाउनुभन्दा पहिला २५ जनाको कोरम पु¥याउनुपर्ने र ट्रस्टीहरुको बैठक बसेर मात्र ठुलो रकमहरु विनियोजन गर्नुपर्ने हुन्छ । अध्यक्षले त्यो समयमा च्यारिटी कमिशनको विधान अनुसार प्रक्रिया पु¥याउनुपर्छ । साधारणसभा अगावै साधारणसभाबाट सबै पब्लिकलाई सोधेर पैसा पठाउँ भनेर मैले धेरै पटक अनुरोध गरे । उपाध्यक्ष नारायाण कँडेलले १४ जनालाई हामीले पैसा नपठाए २४ गते राती एनआरएनए खारेजी हुन्छ भनेर भ्रम फैलाएर धेरैलाई हस्ताक्षर गर्न लगाए ।

२४ जुलाईको ११ औं बार्षिक साधारणसभा तथा संघसंस्थाप्रतिनिधि सभा तयारी गर्न बोलाइएको बैठकमा एजेन्डामा नराखिएको कुरा लिएर १७ जनामा बैठकको कोरम नै नपु¥याई १४ जनाले अध्यक्षको असहमति विना पैसा पठाउने निर्णय गरे । उपाध्यक्ष नारायणदत्त कँडेलले अध्यक्षको स्वीकृत विना आफ्नो खुशीले एमओई लेखी २७ जुलाईमा एमओई अध्यक्षलाई नदेखाई हस्ताक्षर गरे । २७ जुलाईको राती ११ः३० मा कोषाध्यक्षले अध्यक्षलाई फोन गरेर विहान एचएसवीसी ब्रान्च गिलफोर्डमा बोलाए । त्यो समयमा कोषाध्यक्ष नआई ४ घण्टा कुराउने काम गरे । बैंकको अर्कै ब्रान्चमा गएर ३९ हजार २ सय ८५ पाउण्ड ७३ पेन्च कोषाध्यक्षले पैसा पठाएछ । अध्यक्षलाई जानकारी नदिई पठाएको कुरा एकैचौटी पत्रपत्रिका आएको देखे । जुन चाहि पब्लिकको पैसा नसोधी पठाएको कुरा घोर आपत्ती हुनु स्वाभाविक हो ।

जुन ११ औं बार्षिक साधारणसभा तथा संघसंस्था प्रनिनिधिसभा ६ अगष्टमा गर्ने भनेर एकबर्ष अघि नै तय गरिएको थियो । साधारणसभा अन्तिम तयारीका लागि ४ अगष्टमा तयारीका लागि बैठक गरिएको थियो । २८ जना कार्यसमितिका पदाधिकारी सहभागिता रहेको थियो । कोषाध्यक्षले आर्थिक प्रतिवेदन साधारणसभामा दिने भनेर उक्त बैठकमा अनुमोदन गरिएको थियो । सोही दिन सबै काम बाँडफाँट भएको थियो । ५ अगष्टमा छुटै समुहको बैठक बसेर २४ जनाको समुहले नारायणदत्त कँडेलको नेतृत्वमा साधारणसभा बहिष्कार गरे । बहिष्कारअघि तत्कालीन कोषाध्यक्ष विष्णु खरेलले प्रतिवेदन दिनका लागि मलाई सुरक्षाको जरुरी छ भनी एम्पायर हलका म्यानेजिङ डाइरेक्टर पुरण गिरीलाई सुरक्षा मागे । उनैका लागि भनेर ४ जना सुरक्षा गार्ड ६ सय पाउण्डमा संस्थाले व्यवस्थापन ग¥यो । तर उनी साधारणसभामा आर्थिक प्रतिवेदन दिन आएनन् । त्यसपछि कोषाध्यक्ष खरेल बहिष्कार गर्ने २४ जनाको समुहमा लागे । विशेष अतिथिका लागि एनआरएनए आइसीसी र एनसीसीका पुर्व अध्यक्षहरुलाई निमन्त्रण गरिएको थियो ।

११ औं साधारणसभामा प्रमुख अतिथिमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले आउछु भनेर पक्का (कन्फर्म) गरेका थिए । ११ बजे शुरु हुने कार्यक्रममा १२ वजे आउँछु भने त्यसपछि १ बजे आउँछु भने त्यसपछि पनि २ बजे आउँछु भनेर १ बजेर ४० मिनेट जाँदा नेपाल सरकारबाट दवाव आयो भनेर वीच बाटोदेखि आउँदिन भन्नुभयो । राजदुतले गरेको अपमान ३३४ वटा संस्थाको छाता संगठन एनआरएनएलाई, संघसंस्था र बेलायतवासी नेपालीहरुलाई अपमान गर्ने काम भयो । राजदूत कार्यक्रममा नआएपछि ३१ वटा संघसंस्थाहरुले कार्यक्रमस्थलबाट नै राजदूतको व्यवहारप्रति खेद प्रकट गरे । राजदूतले हामीप्रति गरेको अपमानबारे स्पष्टीकरण मागिएको तर स्पष्टीकरण नआएपछि नेपाल र बेलायत सरकारमा उजुरी गर्ने प्रक्रिया अगाडी बढिरहेको छ ।

११ औं साधारणसभामा १०३ वटा संस्था र ३५० बढि संख्यामा पञ्जिकृत सदस्यहरुको सहभागिता रहेको थियो । जुन खुल्ला सत्रमा संघसंस्थाहरुले गरेको कामलाई उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्र वितरण गरिएको थियो । एक बर्षमा गरेका कार्यहरु प्रस्तुत गरिएको थियो । बन्द सत्रमा विधान संशोसन गर्नका लागि प्रस्तावहरु संकलन गर्ने सम्पन्न भयो । बन्द सत्रको अध्यक्ष मण्डलमा कर्मा पहाडी शेर्पा अध्यक्ष, मानबहादुर गुरुङ सदस्य, सुमित्रा राई सदस्य, आरके त्रिपाठी सदस्य र अमित थेवे सदस्य सचिव रहेका थिए ।

विगत लामो समयदेखि संस्थाको विधानविपरित विभिन्न कार्य गर्ने महासचिव खुसी लिम्बुलाई बर्खास्त गर्ने साधारणसभाले निर्णय गर्याे । संस्थाको रकम ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्च २८ जुलाईमा अपचलन गरिएको थियो । त्यसलाई छानवीन गर्नका लागि डा. भीम पुनको संयोजकत्वमा सदस्य सचिव विश्वासदीप तिगेला र सदस्यमा शारदा गुरुङ रहने गरी ३ सदस्यीय छानवीन समिति गठन भयो । छानवीनका लागि तीन सदस्यीय मध्यस्ताकर्ता समिति समेत गठन भयो । त्यसमा पूर्वअध्यक्ष रिटार्यड मेजर डम्बर घले, पूर्व अध्यक्ष योगेनबहादुर क्षेत्री, एनआरएनए युकेका सल्लाहकार ओम थापा काउछा रहने गरी मध्यस्तकर्ताको जिम्मेवारी दिइएको थियो । छानवीन समितिको प्रक्रिया कहाँ छ भन्ने सन्दर्भमा छानवीन समितिका संयोजक डा. भीम पुनलाई यहाँहरुले प्रश्न गर्न सक्नुहुन्छ ।

छानवीन समितिले संस्थाको हित विपरित कुनै गतिविधि नगर्नु भन्दाभन्दै पनि संस्थामा छुटै समुह बनाई उपाध्यक्ष नारायणदत्त कँडेलले बारम्बार संस्थाको गरिमालाई गिराउन गतिविधिहरु गरिहेका छन । गतिविधि बढाउने क्रममा सचिव विष्णु चालिसेलाई निलम्बन गरिएको छ । त्यत्ति हुँदाहुदै पनि जातीय गुटवन्दी समुह निमार्ण गरेर अध्यक्षलाई स्पष्टीकरण माग्ने र असफल बनाउने कोशिस गरे । अध्यक्षलाई ७२ घण्टाको समय सीमा दिएर स्पष्टीकरण माग्ने अवैधानिक काम गरेका छन् । कार्यकाल दुईहप्ता मात्रै बाँकी रहेको आइसीसीका म्यादी अध्यक्ष कुल आचार्यसँग नारायणदत्त कँडेल, रामशरण सिम्खडा, हेमराज शर्माले गुटवन्दी गरेर जानकारी विना ११ हजार ३ सय ६३ जना पञ्चिकृत तथा बेलायतवासीले म्यान्डेड सहित निर्वाचित गरेका अध्यक्षलाई पदमुक्त भएको पत्र पठाई अवैधानिक तवरमा मान हानी समेत गरेको छ ।

बेलायत सरकारको नुनपानी खाएर बेलायतमा रहेका कुल आचार्यले बेलायतमा रहेको गोर्खाजहरुको १८१६ सुगौली सन्धी १९४७ मा भएको त्रिपक्षीय सन्धी अनुसार नेपाल सरकारले पठाएका गोर्खाजहरुको बंशजको नागरिकता एनआरएनएको परिचयपत्र दिएर खोस्ने काम उद्यत भइरहेको छ । उनले अधिकारसंगै गोर्खाजको हितमा कुनै पनि काम गरेनन् ।

आफु अध्यक्ष नहुँदा आइसीसीलाई दायित्व बापतको रकम रोक्ने र म्यादी अध्यक्ष भएपछि गुटवन्दी गरेर ३९ हजार रकम अवैधानिक तवरले लैजाने व्यक्तिलाई बेलायतवासी जनसमुदायहरुले के सजाय दिने यसै बैठकमा प्रष्ट पारिदिनु हुनका लागि अनुरोध गर्दछु ।

म एउटा पुर्व गोर्खा बेलायत सरकारको नुनपानी खाएर सोझो भएकाले अपमान गरी बेलायतवासी नेपालीको हितको लागि काम गर्छू भन्दा दुईचार जना समुदायलाई विभाजित गर्नेहरुले भाँजो हाल्ने काम निरन्तर रुपमा गरिरहेको छ । बेलायतमा रहेका आमाबुआ, दाजुभाई तथा दिदीवहिनी तथा गोर्खाजहरु सजग र सचेत रही सहयोग गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु ।

समाज फुटाउन कम्मर कसेर लागि परेका नारायणदत्त कँडेलको नेतृत्वका २३ जनालाई के सजाय दिने ? त्यस बिषयमा आपनो धारण राखिदिनुहोला । बेलायतको समाज भाँड्ने र बेलायतको एउटै बास्केटमा भएको एनआरएनए युकेलाई फुटाउन लाग्ने दुई हप्ता बाँकी रहेको म्यादी अध्यक्ष कुल आचार्य लगायत हेमराज शर्मा र रामशरण सिम्खडालाई कस्तो खालको सजाय दिने तपाईहरुको उत्तर चाएिको छ ।

अन्य देशको एनआरएन भन्दा बेलायतको एनआरएनए केही भिन्नै छ र युकेको एनआरएन ब्रिटिस च्यारिटी कमिशनमा रहेको हुदाँ हाम्रो विधान फरक छ । त्यसैले हामी आइसीसीमा आवद्धता रहने या नरहने भन्ने कुरा हामीहरुको हातमा छ । यी कुराहरुको फैसला गर्नुपर्ने जरुरी छ । विधान विपरित आइसीसीले म्यादी अध्यक्षको क्रियाकलापले एनसीसी युकेको अध्यक्षको मानहानी भएको छ । यसैमा रहेर सल्लाह सुझाव दिनुहुनका लागि हार्दिक अनुरोध गर्दछु । त्यही सल्लाह सुझावको आधारमा हामीले सारांश रिर्पोट बनाउने र सोही अनुसार निणर्य गरेर अगाडी बढने छौं ।’

प्रेम गाहामगर
अध्यक्षःगैर–आवासीय नेपाली संघ, बेलायत

एनआरएनए युकेले भन्यो–अध्यक्ष गाहा मगरलाई पदमुक्त गरिएको केन्द्रको पत्र अवैधानिक

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ओम आचार्य, अर्घाखाँची राम्रा भनेर हाम्रा बनाइएकाहरू एकपछि अर्को गर्दै ओरालो लाग्दै गरेको दृश्यले

कलानिधि दाहाल, काठमाडौं मौन ! मौन !! मिठासको मौन मिजासको मौन शालीनताको मौन संयमको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको