back
CTIZAN AD

दक्षिण कोरियामा ३६ हजारभन्दा बढी सङ्क्रमित

वि.सं.२०७९ असोज १२ बुधवार

753 

shares

कोरिया । सोल दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३६ हजार एक सय ५९ सङ्क्रमित भएका हुन् ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ४७ लाख नौ हजार सात सय ८९ पुगेको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

दैनिक सङ्क्रमितको सङ्ख्या एक दिनअघिको केही मात्रमा घटेको बताइएको छ । अघिल्लो दिन ३९ हजार चार सय २५ सङ्क्रमित भएका थिए । अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या २९ हजार पाँच सय ६९ रहेको थियो ।

अहिले सङ्क्रमित अवस्थामै रहेकामध्ये तीन सय ७५ जना गम्भीर अवस्थामा रहेका छन् । यो सङ्ख्या भने अघिल्लो दिनको भन्दा २६ जनाले कम भएको छ ।

दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ४६ जनाको मृत्यु भएको छ । योसँगै कोरियामा कोरानाका कारण कुल मृतकको सङ्ख्या २८ हजार तीन सय १८ पुगेको छ ।

विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्युन भइसक्दासमेत दक्षिण कोरियामा भने फैलिइरहेको छ । महामारी सुरु भएका बेला राम्रोसँग महामारी नियन्त्रण गरेको दक्षिण कोरिया अहिलेसम्म पूर्णरुपमा नियन्त्रण गर्न असफल भएको छ । (रासस\सिन्ह्वा)

वि.सं.२०७९ असोज १२ बुधवार २०:३३ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...