back
CTIZAN AD

देउवाविरुद्धको उजुरी खारेज, मतदाता परिचयपत्रको प्रिन्ट गल्ती भएको आयोगको प्रष्टीकरण

वि.सं.२०७९ असोज २५ मंगलवार

903 

shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ । आयोगले मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको पाइएको भन्दै उजुरी खारेज गरेको हो ।

डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको पाइएपछि उजुरी खारेज गरेको बताए । प्रिन्ट मिस्टेकको त्रुटि सामान्य रहेकोले उम्मेदवारी कायमै गर्ने निर्णय भएको उनले जानकारी दिए ।

डडेल्धुराबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको नागरिकता र मतदाता परिचय पत्रमा जन्ममिति फरक रहेको भन्दै सोमबार उनका प्रतिस्पर्धी उम्मेदवार कर्ण मल्लले जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

उक्त उजुरीमाथि छानबिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले देउवाको जवाफ माग गरेको थियो । देउवाको तर्फबाट मानवीय त्रुटीका कारण नागरिकताअनुसार मतदाता परिचय पत्रमा फरक जन्ममिति हुन गएको र सो नागरिकता र मतदाता परिचयपत्र भएको शेरबहादुर देउवा एउटै भएको भन्ने बारेमा स्थानीय तहबाट सिफारिस पत्र बनाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरिएको थियो ।

वि.सं.२०७९ असोज २५ मंगलवार १७:१२ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...