back
CTIZAN AD

कविता : ओ अनामिका !

वि.सं.२०७९ कात्तिक ५ शनिवार

822 

shares

सरस्वती श्रेष्ठ, ‘सरू’, पोखरा

ओ, अनामिका !
तिमीले बाँचेको अनाम जिन्दगी
यसै यसै पलाइरहे
धेरै पटक मुर्झाएर पनि
दुखाइको ऐंजेरु पलाउँदै÷सुक्दै
दुखाइको ऐंजेरु सुक्दै÷पलाउँदै

प्रत्येक समय
प्रत्येक प्रहर
कोही आउँछ
सुम्सुम्याउँछ
तिम्रो जिजीविषा,
खेल्छ÷खेलाउँछ
अवस्थित खेलौनाहरू

तिनै खेलौनाहरूको आडमा
तिमीमा अन्तर्निहित सुरहरू÷बेसुरहरू
बज्छन् कि बज्दैनन् कुन्नि !
बजाउँछन् आउनेहरू आफ्नै तालमा
बजाउँछन् आउनेहरू आफ्नै सुरमा
गाउँछन् आउनेहरू आफ्नै लयमा

ओ, अनामिका !
साँच्चै तिमीभित्र
सङ्गीतका झन्कारहरू बझ्छन् कि बज्दैनन् ?
तिमी किन यति विघ्न निरीह बन्छौ आफैसँग
भत्काउ आफूमा निहित
सहिष्णुताको पर्खाल
बगाऊ आफूमा निहित
शीतल शीतल हिमनदीहरू

च्यातिदेऊ मर्यादाका रेशमी रेशमी पर्दाहरू
र फुटाइदेऊ ज्वालामुखी पहाडहरू
तिमीभित्र आगो जन्मनुपर्छ समयको
तिमीभित्र आगो हुर्कनुपर्छ समयको

डड्नुपर्छ खेल्नेहरू–आगोमा
डड्नुपर्छ बजाउनेहरू–आगोमा
डड्नुपर्छ गाउनेहरू–आगोमा ।

 

वि.सं.२०७९ कात्तिक ५ शनिवार ०९:३४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...