back
CTIZAN AD

कविता : चुनाव

वि.सं.२०७९ कात्तिक ५ शनिवार

828 

shares

रामजी आचार्य, गैँडाकोट २ नवलपुर

उत्सव आयो, चाड पर्व आयो !
किनभने मेरो देशमा चुनाव आयो ।
अब विकासका लहरै आउनेछ
कोही भोको कोही नाङ्गो हुनेछैन
बेरोजगारले रोजगार
भूमि नहुनेले जमिन
अन्यायमा परेकाले न्याय पाउनेछन् ।

युवाले अवसर
महिलाले समनता
श्रमिकले श्रमको मूल्य पाउनेछन् ।
दलित तथा जनजातिले अधिकार पाउनेछन् ।
अब यहाँ
सबै जनताका साथी आउनेछन्
निकै नजिकैको
आत्मीय साथी
असल अभिभावक आउनेछन्।

आउनुहोस् तपाईं पनि
उमेदवारीका लगि विज्ञापन खुल्ला छ
तपाईंसँग धन छ भने आउनुहोस्
तपाईंसँग डन छन भने आउनुहोस्
तपाईंलाई कसैको आशिर्वाद छ भने आउनुहोस् ।

 

अनविज्ञ हामीलाई ज्ञान दिन
विपिका आदर्श
भण्डारीको विचार
माक्र्सवादको व्याख्यान
समाजवादको लक्ष्य
लागू हुनेछ।
सारा विश्व वह्माण्ड बुझेका
आदर्श जानेका
विज्ञ उमेदवार आउनेछन्।

अनि हाम्रो भावनामा खेल्ने छैनन्
हाम्रो अभावको खिल्ली उडाउने छैनन् ।

अब हाम्रो घर आगमा
स्वच्छ छवि भएका नेता आउनेछन्।
लामो आदर्श सुनाउने छन्।
मानै हामीलाई
उनीहरूको अतीत थाहा छैन ।
योग्यता थाहा छैन।
संस्कार थाहा छैन।
कर्म र धर्म थाहा छैन।
वर्तमान पनि थाहा छैन ।

लामो इतिहास सुनाउँदै
समाज सेवाको बखान गर्दै
जलप लेपिएका
लाज छोपिएका
दुधले नै नुहाएका
स्वच्छ छविका उमेदवार आउनेछन् ।

हामी मन मनै भए पनि
प्रश्न गर्ने छौँ
तर उनीहरूले उत्तर दिने छैनन्
राजनीति किन गरे?
राजनीति कसका लागि गरे?
समाजका लागि के के गरे?
रातारात परिवर्तन कसरी भए ?
आम्दानीको स्रोत के छ?
अतीत कस्तो थियो ?
कुन शक्तिको आड छ?
अनुत्तरित प्रश्न लिएर
महान नेताहरू आउँदै छन् ।

आउनुहोस् तपाईं पनि
उमेदवारीका लगि विज्ञापन खुल्ला छ
तपाईंसँग धन छ भने आउनुहोस्
तपाईंसँग डन छन भने आउनुहोस्
तपाईंलाई कसैको आशिर्वाद छ भने आउनुहोस् ।

यहाँ
राजनीतिक दलबाट मात्र हैन
मेरो देशमा
स्वतन्त्र पनि दल छ
च्याउ उम्रेका जस्ता थुप्रै दल छन् ।

तपाईं नै हो योग्य
अरू त सबै अयोग्य
त्यसैले
दलले टिकट नदिए पनि
दल परिवर्तन गरेरै भए पनि आउनुहोस्
किनकि तपाईंभन्दा योग्य
यहाँ कोही छैनन् ।
रामजी आचार्य
गैँडाकोट २ नवलपुर
२०७९/०५/१६

वि.सं.२०७९ कात्तिक ५ शनिवार ०९:४५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...