विमुन्स पौडेल,पोखरा
१
तिहारको छुट्टी खेर जाला भन्छु ?
माया नसाटेरै दाजु भाइ दिदि बैनीको
उनौँ कि मखमली माला भन्छु ?!
२
सबै रमाए दशैँमा पनि
म डेङ्गु ले सताइएँ रोएँ एक्लै
दया पलाएन कसैमा पनि ।।
३
रेखदेख, स्याहार, पोषण चाहिन्छ निकै
पसेकी थिएँ परदेश, अपनत्व कसरी भेटियोस्
आफ्नै बाट सही उपचार पाइन्छ निकै ।।
४
कोल्टे फेर्दै टाउको समाउँदै बित्यो समय
एक मच्छरको साम्राज्य यति फैलियो अचम्म हो
रोग छल्न सक्यो र पो यसरी जित्यो समय
५
शहरी मन ढुङ्गा को हुन्छ कि
खाडल बढ्दै छ शहर र गाउँ बीच
गाउँले मन नदुख्दै रुन्छ कि ।।
वि.सं.२०७९ कात्तिक ५ शनिवार १०:१५ मा प्रकाशित






























