back
CTIZAN AD

विशिष्ठ साहित्यकार प्रतिभा पुरस्कारबाट पन्त सम्मानित

वि.सं.२०७९ कात्तिक १४ सोमवार

765 

shares

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूह्यासायरद्वारा स्थापित ‘मुक्तिनारायण मनमाया श्रेष्ठ स्मृति विशिष्ठ साहित्यकार प्रतिभा पुरस्कार“ २०२२ द्वारा बोस्टनका साहित्यकार महेश्वर पन्त पुरस्कृत भएका छन् ।

राम श्रेष्ठद्रारा प्रायोजित उक्त पुरस्कार नगद २५० अमेरिकी डलरसहित सम्मान–पत्र रहेको छ ।

शनिवार न्यूह्यासायर च्याप्टरद्वारा आयोजित कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले पन्तलाई पुरस्कार समर्पण गरेका हुन् ।

नेपाली भाषा, साहित्य र कलाका क्षेत्रमा सक्रिय रुपले सेवा गरेवापत पन्तलाई पुरस्कृत गरिएको हो ।

पन्तले आफूलाई पुरस्कृत गरेकोमा संस्थालाई आभार व्यक्त गर्दै यसले लेखन क्षेत्रमा प्रोत्साहन मिल्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी अनेसास केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले पन्तको लेखन यात्राको प्रसंशा गर्दै सही प्रतिभाको चयन गरेकोमा पुरस्कार चयन समितिलाई धन्यवाद ज्ञापन गरे ।

च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अनेसास न्यूह्यामसायर च्याप्टरका प्रधान सम्पादक ईश्वरी भट्ट, केन्द्रीय महासचिव विमला निरौला, साहित्यकार लालगोपाल सुवेदी, एन आर एन एन सी सी यू एस ए महिला संयोजक सुन्दरी गुरूङलगायतले पन्तलाई बधाई ज्ञापन गरेका थिए ।

वि.सं.२०७९ कात्तिक १४ सोमवार १२:२४ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...