back
CTIZAN AD

प्रवासमा तिम्रो इज्जत जोगाउन कहिल्यै पछि परेको छैन आमा

वि.सं.२०७३ चैत १९ शनिवार

861 

shares

purna-bandhan

आदरणीय नेपाल आमा सन्चै छौ ? मैले यो पत्र लेख्नुको कारण त केहि छैन । यो विदेशको बसाईमा मनका लहरहरुप चल्छन्, कसलाई सुनाउनु त्यसैले तिमीलाई पत्र लेखेर भएपनि मन हल्का पार्ने चेष्टा गर्दैछु । विदेशमा छु, रहरले होइन करले, अनि बाध्यताले । स्कूल पढ्दा शिक्षकले, घरमा हुँदा बाआमा अनि दाजुभाईले, खेल्न जाँदा प्रशिक्षकले र धर्मकर्म गर्न जाँदा अध्यात्मिक गुरुहरुले नैतिकताको पाठ पढाए । असल मान्छे बन्ने अनेकौं प्रेरणा दिए । त्यसैले जानीजानी त के अनजानमा पनि अनैतिक काम गरिएन । कथमकदाचित भै हालेछ भने पनि बिना कुनै हिचकिचाहट क्षमायाचना गरियो । निकै मेहनत मजदुरी गरेर उच्चशिक्षा हासिल पनि गरियो । कामको खोजीमा यति दुःख र पैसाको खोलो बगाइयो कि, त्यती नै स्कूलमा पढेर विदेशमै कुलचन्द्र गौतमजी, जस्तै भइन्थ्यो जस्तो लाग्छ ।

कहिलेकाहिँ आफूलाई जन्मदिने बा आमा,शिक्षक, प्रशिक्षक र ती अध्यात्मिक गुरुहरुका विरुद्ध मनमा एक प्रकारको कुभावना आउँछ । किन मलाई नैतिक शिक्षा र असल चरित्रका कुरा मात्र सिकाइयो । मलाई पनि अरुको जस्तै चिट चोरेर पास हुने प्रेरणा किन दिएनन् मेरा शिक्षकहरुले ? कसैको बारीबाट काँक्रो, आँप र ऊखु चोरेर खाँदा बा आमा र दाईहरुले नपिटेको भए त्यस्तै यस्तै काम गर्ने अभ्यास गरेर अहिले म पनि २०४३ सालमा तथ्यांक विभागको नासु पदको जागिर खाईसकेको मान्छे, चाकडी गरेर भए पनि कुनै रामै्रदाम कमाउने ठाउँमा विभाग परिवर्तन गरेर छिर्थे होला नि त ?

तत्कालिन विश्वराज रेग्मीले गाउँमा गएर वास्तविक तथ्यांक ल्याएकोमा शंका गरे, लिएको पेश्कीबाट जोगिएको पैसा लेखालाई फिर्ता दिइयो, यद्यपी गाली खाएको कारणले अपमानित भएर जागिर त छोडिदैनथ्यो कि ? मेरा साथीहरुले झै गाउँगाउँमा जाँदै नगई सदरमुकामका घरेलु उद्योग कार्यालयबाट विवरण लिएर १ महिनाको काम २ दिनमा सिध्याएर, अनाप सनाप बसका र होटलका नक्कली टिकट पेश गरेर लिएको पेश्कीको दोब्बर पैसा दाबी गरेर, महानिर्देशक विश्वराज रेग्मीको धन्यवादको पात्र पनि भैसकेको हुन्थेँ ।

त्यसबेलाका २० जना गणक मध्ये किन म एक्लो बृहस्पती झुटो झै भएँ । यसरी दिनभरि काम गरेर आएर रातभरी निद्रा नपरेको बेला घोरिएर आज बेहाल छु म, नेपाल आमा । म पनि त्यतिबेला तथ्यांक विभागमा कार्यरत त्यसकै अगाडी पट्टीको खाद्यका ति सबै छट्टुहरुका साथ राष्ट्र बैंक थापाथलीको क्यान्टिनमा खाजा खान सँगै जाने गरेको थिएँ । म सबैलाई राम्ररी चिन्छु, कस्ता थिए र अहिले कहाँ पुगे । दोस्तीको हात बढाएर केही त गर्थे नि । यै सोचेर पछुताएको छु आमा । ल, भन तिमी आफै भन, म मास्टरसम्म पढेर, नेपालमा आफ्नै व्यवसाय गरेर, घर गाडी सब बनाइसकेको मान्छे । नेपाली माडे र तीनको सिको गरी राजस्व छल्नेहरुका बिरुद्ध एथिकल मार्केटिङको अभियान चलाएर व्यवसायिक नैतिकता सिकाउँदा सिकाउँदै टाट पल्टेर किन अहिले यो बिदेशमा आएर भान्सामा काम गर्न पथ्र्यो र ? यो सब मेरा आफ्नै अभिभावक, शिक्षक र आध्यात्मिक गुरुहरुको कारणले भएको होइन, नेपाल आमा ?

म यो गुनासो तिमीसँग किन गर्दैछु, थाह छ ? किनकि म अहिले मैले कल्पना गरेको जस्तो विशुद्ध चरित्र, उच्च व्यवसायिक नैतिकता अंगिकार गर्न, करचोरी र छलकपट गर्दै नगर्ने यस पृथ्वीका अचम्मका मानवप्राणी भएको सबै भन्दा सुखद् बसाईको देश हो । यहाँ बसेर अमन–चयन भनेको के हो,  सामाजिक दायित्व भनेको के हो, चरित्र र नैतिकता भनेको के हो, जिम्मेवारी भनेको के हो, जातजाति तथा धर्मका बीच समावेशी रहने तरिकाहरु के के हुन्, सबै थोकको ज्ञान पाउने मात्रै होइन, प्रयोग गर्न सक्ने हैसियतमा तिनै बा आमा, गुरुहरुले सिकाएको नैतिक गुणको आधारमा सबल जीवनयापन गर्न योग्य भएको छु ।

केहि दिनअघि म एउटा बारमा वियर पिउन गएको थिए । आपसमा अभद्र व्यवहार गरिरहेका थिए, सँगैको टेबलमा बसेका डेनिसहरु । उनीहरुको चर्तिकला देखेर हैरान थिए । मैले अलि बिस्तारै बोलौं है, भन्दा भन्दै सगैंका कति टेबल खाली भए । एकछिन अघिसम्म एकअर्कालाई खा कि खा भनेर महँगो वियर घरिघरि किनेर खानदिने साथीहरु, नसा चढेपछि, निकै ठूलो स्वरमा तँ भन्दा म के क म भनेर झण्डै झगडा नै गर्न थाले । मैले यसो गर्न हँुदैन है भन्दा उल्टो “तपाई चुप लाग्नु” भन्न थाले । त्यसपछि त है नेपाल आमा, म कसरी सहन सक्थेँ । के गरेँ थाह छ, आफ्नो रिसलाई पचाएर नैतिकताको पाठ पढाउन थालेँ । के मान्थे । अनि अलि चर्को स्वरले कराएँ “ओ भाई तिमीहरु को हौ ? त्यो भन्दापनि तिमीहरु पहिले नेपाली हौ भन्ने कुरो मलाई थाह छ, अब बढी भयो भने नेपालीको यसरी खुल्लेआम बदनाम गर्ने कामका लागि म पनि केही गर्न बाध्य हुन्छु” भनेपछि स्थिति साम्य भयो ।

जेहोस् नेपाल आमा, त्यहि नैतिक शिक्षाको कारणले, मेरी आमा परेको बेला तिम्रो इज्जत जोगाउन कहिल्यै पछि परेको छैन है ? ढुक्क लेखेकोमा क्षमा चाहान्छु ।

स्वदेशमा दुःख पाएर अर्काको देशमा नैतिकताको आधारमा नेपाली भन्न गौरव गर्ने एउटा अभागी छोरो ।

वि.सं.२०७३ चैत १९ शनिवार ०६:०८ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...