back

भारतमा विवाह समारोहमा भएको सिलिन्डर विस्फोटमा पाँचको मृत्यु, पचास घाइते

वि.सं.२०७९ मंसिर २३ शुक्रवार

117 

shares
NTC AD
Global IME AD

नयाँदिल्ली । पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

राजस्थानको राजधानी जयपुरबाट चार सय ३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका बेला सिलिन्डर विस्फोट भएको हो ।

मृतकमा दुई बालबालिका समेत रहेका जोधपुरको जिल्ला कलेक्टरको कार्यालयका एक अधिकारीले जानकारी छन् । घाइतेहरु सबै जलेका र उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको छ । तीमध्ये १२ जना गम्भीर घाइते,भएका र उनीहरुलाई विशेष उपचारका लागि जोधपुर पठाइएको छ ।

अधिकारीहरुका अनुसार यो घटना बेहुलाको घरबाट जुलुस निस्कनु अघि नै भएको थियो । कार्यक्रममा करिब १०० जना जम्मा भएको रिपोर्टले जनाएको छ ।

“विवाह भोजको तयारी भइरहेको ठाउँमा ग्यास सिलिन्डर चुहिएर शक्तिशाली विस्फोट भएको अधिकारीले जानकारी । विष्फोटका कारण विवाह भइरहेको घरको एक भाग पनि भत्किएको छ ।

भारतमा आकस्मिक विस्फोटहरू सामान्य छन् किनभने मानिसहरूले सामान्यतया सुरक्षा मापदण्डहरूलाई बेवास्ता गर्छन्(रासस÷सिन्ह्वा)

वि.सं.२०७९ मंसिर २३ शुक्रवार २०:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

रमबन (भारत) । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

  वासिङ्टन । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल...

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

बेइजिङ । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सँग...