back
CTIZAN AD

मस्कोको सपिङमलमा भीषण आगलागी एकको मृत्यु

वि.सं.२०७९ मंसिर २३ शुक्रवार

684 

shares

मस्को । रुसको मस्को क्षेत्रको खिम्की सहरमा रहेको एउटा सपिङ मलमा शुक्रबार भएको आगलागीमा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मस्को क्षेत्रमा अग्निनियन्त्रकहरूले सात हजार वर्ग मिटर क्षेत्रफल ओगटेको आगो निभाइरहेका रुसको आपतकालीन अवस्था मन्त्रालयले टेलिग्राममार्फत जानकारी दिएको छ ।

रुसी सञ्चार माध्यमले मस्कोको शेरेमेत्येभो एयरपोर्टबाट करिब सात किलोमिटर (चार माइल) टाढा रहेको मेगा खिम्की सपिङ मलमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको बताएको छ । घटनास्थलमा ७० भन्दा बढी अग्गीनियन्त्रक र २० वटा दमकलले काम गरिरहेको आकस्मिक सेवाले जनाएको छ । भवनको डिजाइनका कारण काममा बाधा पुगेको बताइएको छ ।

छत भत्किँदा आगो तुरुन्तै ठूलो क्षेत्रमा फैलिएको मस्को क्षेत्रका आपतकालीन सेवाहरूले टेलिग्राममा जनाएको छ । मानिसहरू जलिरहेको भवनबाट भागेर पार्किङ स्थलमा पुगेका सामाजिक सञ्जालमा भएका भिडियोहरूले देखाएको छ । एएफपी)

वि.सं.२०७९ मंसिर २३ शुक्रवार २०:०१ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...