back
CTIZAN AD

लघुकथा : बाल अधिकार

वि.सं.२०७९ मंसिर २४ शनिवार

900 

shares

ममता मृदुल, विराटनगर

स्कुल अगाडि धेरै भीड छ । नारा लगाइरहेका केटाकेटीलाई देखे । के भएको रहेछ भनेर भीडलाई छिचोल्दै पसेँ । विवशसरलाई कारबाही गर भनेर अभिभावक चिच्याइ रहेका थिए । माइक बोकेको केटाको छेउमा गएँ, ‘मलाई पनि बोल्न दिनु ल भाइ’, भन । खुसी हुँदै भन्यो, ‘हुन्छ दिदी एकछिन पछि तपाईंको पालो आउँछ ।’ कुरा के रहेछ बुझे । मेरो पालो दुई जनापछि आयो ।

‘शिक्षकले काँचो माटोको डल्लोलाई आकार दिनुपर्छ । इमानदार बन्न सिकाउनुपर्छ । देशका कर्णधार जन्माउने शिक्षक हुनुपर्छ । सबैको गल्ती क्षमागर्न सक्नुपर्छ ।’, भीडबाट परर ताली बज्यो । ‘सरकै दोष हो । कुटेर पढाउन मिल्दैन । गाली गर्न पाइदैन । बाल अधिकार थाहा हुनुपर्छ । अभिभावक सबै एकैखाले हुँदैनन् । पटक्कै पढन नमान्ने कसैगरी सुधार्न नसकेको मेरो छोरा जसलाई बाल अधिकार भन्ने थाहा भएको भए आज सफल सर्जन कहाँ हुन्थ्यो विवश सर ।’, पररर बजेको तालीसँगै भीड तितरबितर भयो ।

वि.सं.२०७९ मंसिर २४ शनिवार ०८:३९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...