back
CTIZAN AD

कविता : सत्ता र म

वि.सं.२०७९ मंसिर २४ शनिवार

1K 

shares

नारायण खनाल, अर्घाखाँची

हिँड्न त
नहिँड भनेकै हो उसले
सत्मार्गमा उज्यालो पछ्याउँदै !
अहँ, दुस्साहस गरिन
खुट्टा काँधमा राखेर हिँड्ने
भुईँमै टेकेर हिँडेँ, हिँडिरहेँ ।

लगाएर
छिचिमिराहरु
डाम्यो अपराधको पन्युँले !
रगतको छिर्का पर्दा डामहरुबाट
पालैपालो नाचे
ऊ र उसका कानुनका दफाहरु
निर्वस्त्र बनेर ।

दोष
त्यत्ति थियो
फुल्न खोजेँ
फूलहरुसँगै शरदमा
हेर्न खोजेँ, आफ्नै कर्मको उज्यालोमा आफ्नै अनुहार
जति लडाउँछ अन्यायले लात हानेर
उति उठेँ, उठिरहेँ, तेजिलो मसाल बनेर ।

चुसेर आमाको रगत
रक्ताम्य ओठ लेप्र्याउँदै
सोध्न त सोधेकै हो उसले
आफ्नो ओठको लालीमाको मोल
भनिदिएँ : कुहेको अण्डाभन्दा कम !
र त दारेको हो मेरै छातीमा
सासको नशा छिन्नेगरी ।

दिन त आदेश दिएकै हो
नहेर्न आकाशमा
चराहरु उडेको बखत !
हेरेँ, मनको मजाल जगाएर
आँखा उघारी उघारी
उडेँ पसिनाको आँट चढेर आकाशमा
चराहरुसँगै कावा खान
त्यसैले त
रोपिदियो आँखाकै पुतलीमा
सत्ताको सङ्गिनले ।

के थाहा
नपुंसक सत्ता र उसको नाइकेलाई
मनमा मजाल हुनेहरु
–आँखा बिना पनि देख्न सक्छन् भनेर ।

वि.सं.२०७९ मंसिर २४ शनिवार ०८:३८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...