back
CTIZAN AD

छन्द कविता : स्रष्टा

वि.सं.२०७९ मंसिर २४ शनिवार

894 

shares

उत्तम विचार, काठमाडौँ

आफ्ना सारा तनमन खोली
डुब्छन् आफैँ मधुरस घोली ।
लेखी लामा र लघु विधामा
रम्छन् स्रष्टा नित कवितामा ।।१।

सुत्ने उठ्ने समय हुँदैन
खाना नानातिर मन छैन ।
हाँस्ने खेल्ने समय घटाई
स्रष्टा भुल्छन् कलम समाई ।।२।

भेटिन्छ्न् ती कवि कवितामा
बग्दो पानीसरि सरितामा ।
स्रष्टा हाम्रा मन मुटुमा छन्
छातीभित्रै हलचल गर्छन् ।।३।

बोकी हिँड्छन् असल विचार
बाँड्छन् माया रसमय प्यार ।
भाषा सेवी अतिशय शिष्ट
स्रष्टा नै हुन् अतिथि विशिष्ट ।।४।

स्रष्टा हाम्रा मुलुक सपार्ने
हुन्नन् कोही अबुझ बिगार्ने ।
आऊ आऊ कविवर आऊ
हाम्रो प्यारो मुलुक बचाऊ ।।५।

छन्द सूत्र : मत्ता ।

वि.सं.२०७९ मंसिर २४ शनिवार ०८:३५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...