back
CTIZAN AD

कविता : पोष्टमार्टम

वि.सं.२०७९ मंसिर २४ शनिवार

972 

shares

कुशल राई, दार्जिलिङ्ग

ए पुरूष
एकदिन आउनु अनि काटेर लानु
मेरो गर्भाशय
अनि गरिदिनु पोष्टमार्टम
त्यसपछि छुट्याउनु
तिमी नौ महिना बसेको तिम्रो
आमाको गर्भाशय र,
मेरो गर्भाशय बिचको अन्तर ।

ए पुरूष
एकदिन आउनु र समाउनु
एक हातले मेरो अनि अर्काे हातले
तिम्रो आमाको स्तन
त्यसपछि छुट्याउनु
तिमिले संसार देख्न अनि बाँच्न
कलिलो ओठले चुसेको तिम्रो आमाको
स्तन र मेरो स्तन बिचको अन्तर ।

ए पुरूष
एकदिन आउनु
अनि हेर्नू
मेरो गुप्तांगबाट बगेको रातो रगत
अनि काट्नु आफ्नो हात
त्यसपछि छुट्याउनु
तिम्रो र मेरो रातो रगत बिचको अन्तर ।

ए आफैलाई शक्तिशाली ठान्ने पुरूष,
तिमी यति त गर्न सक्छौ नि ?
यदि सकेनौं भने
एकदिन म गरिदिनेछु
तिम्रो शुक्राणुको हत्या
अनि, जरैबाट उखेली दिनेछु
तिम्रो नरपिशाच अण्डकोश
अनि झुण्ड्याई दिनेछु कुनै ठुलो साईन बोर्डमा
र लेखी दिनेछु तिम्रै पापी रगतले
यहाँ
बलात्कारी पुरूषहरूको पोष्टमार्टम गरिन्छ ।

 

वि.सं.२०७९ मंसिर २४ शनिवार ०८:३४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...