back
CTIZAN AD

रुसको पक्षमा उभियो भारत, जि–सेभेनको निर्णयलाई गरेन समर्थन

वि.सं.२०७९ मंसिर २५ आइतवार

738 

shares

काठमाडाैं । जि–सेभेनले देशहरूले रूसी तेलमाथि प्रतिबन्ध लगाउँदा भारत भने विरूद्धमा उत्रिएकाे छ । भारतले जि–सेभेकाे उक्त निर्णयलाई विराेध गरेकाे छ ।

जि–सेभेन मुलुकहरूकाे उक्त निर्णयप्रति विराेध जनाउने भारतकाे निर्णयलाई रूसले स्वागत गरेकाे छ । रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले रुसका लागि भारतीय राजदूत पवन कपूरसँगको भेटेरै खुसी व्यक्त गरेका छन् । साथै रूसले विज्ञप्ती नै जारी गरी खुसी व्यक्त गरेकाे छ।

विज्ञप्तिमा रूसले ऊर्जा सङ्कटका बीच पूर्व–दक्षिणका देशहरूमा ऊर्जा स्रोतको आपूर्ति र ऊर्जा निर्यात गर्ने दायित्व पूरा गर्न रुस पूर्ण रूपमा जिम्मेवार रहेको बताएकाे छ । रुसी विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ कि सन् २०२२ को पहिलो आठ महिनामा भारतमा रुसी तेल आयात बढेर १६.३५ मिलियन टन पुगेको छ । उल्लेखनीय छ, युक्रेन युद्धको बाबजुद भारतले रुसबाट तेल आयात गर्न जारी राखेको छ।

भारतलाई तेल आपूर्तिमा रूस दोस्रो स्थानमा छ

यस वर्षको गर्मीमा भारतलाई तेल आपूर्तिको मामिलामा रूस दोस्रो स्थानमा थियो। यसबाहेक, रूसबाट तेल उत्पादन र कोइलाको आपूर्तिमा पनि वृद्धि भएको छ।

भारतीय राजदूत पवन कपुरसँगको भेटमा नोभाकले पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप सिंह पुरीलाई अन्तर्राष्ट्रिय फोरम ‘रसियाली ऊर्जा सप्ताह २०२३’ मा सहभागी हुन निम्तो दिएका थिए । यो आगामी वर्ष अक्टोबर ११ देखि १३ सम्म मस्कोमा हुनेछ । एजेन्सीबाट

वि.सं.२०७९ मंसिर २५ आइतवार १२:२० मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...