back
CTIZAN AD

विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु

वि.सं.२०७९ मंसिर २५ आइतवार

663 

shares

काठमाडौं । विभिन्न दुर्घटनामा परि ११ जनाको मृत्यु भएको छ । सप्तरी, रुपनी गाउँपालिका–६ वीरेन्द्रबजारस्थित सडकमा स.४ प १६३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिका–१ खोकसर प्रवाहा बस्ने ४५ वर्षीय शिवजी पासवानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

सुनसरी, बराहक्षेत्र नगरपालिका–३ नहडास्थित सडकमा ३ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा को.१७ प ६९४४ नम्बरको मोटरसाइकल चालक मोरङ बेलबारी नगरपालिका–२ लालभित्ती बस्ने ३५ वर्षीय हर्क बहादुर राईको मृत्यु भएको छ ।
दुर्घटनामा ण्गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल, प्र.१–०२–०४३ प १७१ नम्बर र को.३८ प ९२१० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

नवलपरासी(पूर्व), कावासोती नगरपालिका–८ थकालीचोकमा बा.१० च ६७१७ नम्बरको बोलेरो गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सोही ठाउँ बस्ने ५३ वर्षीय गंगादत्त पाध्यको शनिबार साँझ स्थानीय कालिगण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै काभ्रे, भुम्लु गाउँपालिका–७ पाटी बगरस्थित सुनकोशी नदीको बगरमा बिर बि एण्ड सन्स वालुवा तथा रोडा उद्योगको प्रदेश ३–०१–००३ क ७६०३ नम्बरको स्काईभेटर चलाउँदै गरेको अवस्थामा स्काईभेटरबाट लडेर चालकको मृत्यु भएको छ । नवलपरासी (पूर्व) बौडीकाली गाउँपालिका–६ घर भएका २४ वर्षीय सोनाल चुहान मगरको शनिबार साँझ मृत्यु भएको हो । रिंगटा लागेर अचानक लड्दा गम्भीर घाइते भएको बताइएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाही, हरिवन नगरपालिका–१ भोक्टेनीस्थित सडकमा ज.१ च १७१९ नम्बरको बोलेरो गाडीले ना.५३ प ९७९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । हरिवन नगरपालिका–८ डाँडाटोल बस्ने २२ वर्षीय नविन राईको शनिबार दिउँसो मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोध्या अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कालीकोट, सान्नित्रिवेणी गाउँपालिका–१ अँधेरीखोलास्थित सडकमा प्रदेश ३–०१–००३ क ६७७४ नम्बरको टायरबाला जेसिबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा जेसिबीमा सवार ८ जनामध्ये ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा जेसिबीमा सवार सान्नित्रिवेणी गाउँपालिका–१ बस्ने ३० वर्षीय चरित्र सार्की र सोही गाउँपालिका–२ बस्ने १६ वर्षीय युवराज बुढाको घटनास्थलमै तथा रास्कोट नगरपालिका–७ बस्ने २२ वर्षीय मिलन शाहीको जिल्ला अस्पताल मान्ममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने बेपत्ता भएका जेसिबी चालक सहित ३ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

कैलाली, गोदावरी नगरपालिका–७ हरैया चोकमा से.७ प ७७९३ नम्बरको मोटरसाइकल सु.प.प्र.०१–००२ त ६४६४ नम्बरको ट्याक्टरमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–८ राजघाट बस्ने २३ वर्षीय छबिलाल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, ईच्छाकामना गाउँपालिका–२ काउले दुम्किनस्थित सडकमा ना.६ त ९७८९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १६ वर्षीय सोम बहादुर गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते अकर्मा एककोे सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, घोराही उपमहानगरपालिका–२ बलिङग खोलास्थित सडकमा रा.२ प ४८९२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनास्थलमा आवश्यक उद्दार कार्य गर्नुका साथै दुर्घटनामा सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७९ मंसिर २५ आइतवार १२:४६ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...