बाबुराम न्यौपाने ‘उत्स’,दमक, झापा
नशालु रातको
प्यासी सन्नाटा ओढेर
पैसाको गड्डीसँग
रातकी रानीले
सुषुप्त मनमा दबेको
अतृप्त वासना साटीन्
या
जीवनको अन्तिम मजबुरी ।
चुरोटको गोलाकार धुवाँमा
कुनै
स्पष्ट आकार कुँदिएन
सुकोमल ओठले
तानेको चुरोटको सर्कोमा
प्रेमका मुजुरा जलेको
धूलो खरानी
झिल्लीदार मधुशालाको
मौन कोलाहलभित्र
सुकिलो क्याबिनको
गुप्त एष्ट्रेमा
चिनो छोडेर गईन् ।
वि.सं.२०७९ पुस २३ शनिवार ०७:१९ मा प्रकाशित






























