back
CTIZAN AD

कविता : बिहानी !!

वि.सं.२०७९ पुस २३ शनिवार

1.6K 

shares

कलानिधि दाहाल, काठमाडौं

खानाका सोखमा
नानाका सोखमा
छानाका सोखमा
भरदिन
दिमाखले
दिमाख बेचेर
मसलले
मसल बेचेर
तनले
तन बेचेर
श्रमले
पसिना बेचेर
त्राण तरान
लखतरान
तन्ना हुनेले तन्नामा
गुँन्द्री हुनेले गुन्द्रीमा
केही नहुनेसँग भुइँमा
महलको त कुरै नगरौँ
सबै बेचिसकेर उनीहरू
मुर्दा भइसकेका छन् महलमै
निद्राको लिस्नो
उभिएको छ शिखर छोइने गरी
श्रम थाकेका गुन्द्रीमा
अलिकति जाँगर
मसल थाकेका पाखुरीमा
अलिकति ऊर्जा
तन थाकेका तन्नामा
अलिकति नसाको तन्काई
फेरि गरिने
यही यात्राक्रम
फेरि बेचिने उही
बाटाका निरन्तरता बोकेर
किरणका लाली
र चरीका आवाजसँगै
ढोका खोलेर
घरआँगनमा
गोठ गोठालामा
घाँस घँसैयामा
दाउरा दाउरेनीमा
पेटी गरिबीमा
सधैँ सुटुक्क
सबैतिर
चालै नपाई कसैले
हरेक दिन
अचानक ओर्लन्छ बिहानी

बालुवाटारमा
–शीतल निवासमा
–सिँहदरवारमा
पुनर्ताजगीका तन्तु तेर्साउदै
परेली झिम्काएर
ओठओठमा
जिब्रा फड्कार्दै
फेरि फेरि पनि
थाहै नपाई सुटुक्क
काला बादलका घुम्टा ओढेर
हाम्रै सामु भर्खर
उभिन्छ बिहानी !

हल्लखल्लका डोकाहरूमा
गरौँ भारीका
कोदाला कोदालीमा
ठेला सुक्दै गरेका
असङ्ख्य
खाली पेटका हातहरूमा
असरल्ल बिस्कुनझैँ
सुकेका गिटी ब्युँझाएर
अनायास
थाहै नपाई
सुटुक्क
जुर्मुराएको छ बिहानी
चिरनिद्राका
छली बेखबर मनमा
जाँड लट्पटिएर
अन्धाधुन्ध
मुखनाली जोतिएका
भूमाफिया तनमा
भ्रष्टका भाङ् भौँतारिएर
हायल कायल हुँदै
उन्मादका नसा लट्ठिएका
–बालुवाटारमा
–शीतल निवासमा
–सिँहदरवारमा
पुनर्ताजगीका तन्तु तेर्साउदै
परेली झिम्काएर
ओठओठमा
जिब्रा फड्कार्दै
फेरि फेरि पनि
थाहै नपाई सुटुक्क
काला बादलका घुम्टा ओढेर
हाम्रै सामु भर्खर
उभिन्छ बिहानी !
अलिकति
इन्द्रेणी रङ् छम्केर
चरीचुचाका तार रगड्दै
बाँसुरीवादनको
कोयलीनादभित्र
लहराका लहरमा
लय उतार्दै
अक्षरका नागवेली
घुम्ती घुमेरै भए पनि
कविमा
कवयत्रीमा
बिग्रदै भत्कदै
स्खलन हुदै गरेको प्रकृति
र विसङ्गत बन्दै गएको
विराट् विश्वब्रह्माण्ड
पुनर्सँरचनाको देवदूत बनेर
चालै नपाई
सुदूर पूर्वी क्षितिजबाट
हरेक रात हटाएर
बादल फटाउन
निरन्तर
निर्विवाद
खुसुक्क
हरेक दिन
ओर्लिरहेछ बिहानी !!

 

वि.सं.२०७९ पुस २३ शनिवार ०७:२२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...