डा. घनश्याम न्यौपाने ‘परिश्रमी’
मलाई नबुझ्ने बनाएर हेर
सधैं एउटै प्रश्नले, भो नकेर
कता बग्छ खोला, कता बग्छ बाढी
छ मैले यहाँ हिंड्नु बाटो चिनेर
तिमी हिउँको छुट्टै छ अस्तित्व भन्छौ
हिमालय बनेको हो पानी जमेर
छ अध्यात्मले कर्मको मार्ग हिंड्नु
को बन्ला सफल मन्त्र मात्रै जपेर
हो कर्तव्य मानिसहरूको प्रमुख यो
समय–पालना होस् नफालेर खेर
नसोचौँ कुनै अर्को होला कि जन्म
जुनी पाइने हो फगत एकफेर
बहर : मुकारिब मुसम्मन सालिम
अर्कान :122–122–122–122
लेखक– न्यौपाने बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति हुन् ।
.
वि.सं.२०७९ पुस २३ शनिवार ०७:२४ मा प्रकाशित






























